OWDC किन राम्रो छ र किन कृषीमा आवस्यकता छ ?

इनेप्लिज २०८१ मंसिर ८ गते १:११ मा प्रकाशित

कृषीमा बाली बिरुवा मा लाग्ने ३०० रोग किरा छन भनिएको छ । ति सबै कृषी बैज्ञानिकले पनि गहिराई खोज्न सकेका छैन्न । किसानले त चिन्ने कुरै भएन ति ३०० रोग कीरा हावापानी माटोबाट आउँने गर्छन ।

सही माटो छ भने ९५ % राम्रा बेक्टोरिया माटामानै छन र ५ % नराम्रा बेक्टेरिया पनि माटोमा छन । ९५ जना मान्छेले ५ जनालाई जसरी पनि परास्त गर्न सक्छन । त्यस्तै माटोमा लाभदाएक बेक्टोरियाको संख्या बढी भयो भने हानिकारक बेक्टोरियालाई त्यसै खतम गर्न सक्छ ।

त्यहि भएर हामीले माटोमा OWDC /NWDC VAm / ढूसीनासक ट्राईकोडर्मा र बेक्टोरिया हालेर खेती गर्नु परेको हो । यी माथी भनिएका बेक्टोरिया माटोमा रासायनीक कारण सकिदै गएका छन । माटोमा बेक्टोरियाको भोजन भनेको कार्बन हो। माटामा बेक्टोरिया बाँच्नको लागी कार्बनको आवश्यकता पर्छ । त्यहि भएर माटोमा १ % भन्दा माथी कार्बन हुनुपर्छ त्यो रासायनीक मा सम्भन छैन । त्यसको लागी अर्गानीक खेती गर्नै पर्छ ।

भक्तपुर सुर्यबिनयक नगरपलिका ९ पलासे सुरेश लामा
रसायन मुक्त कृषी अभियान नेपाल
डिल्ली खतिवडा झापा
९८४२७१९०८८

प्रतिक्रिया