ए मोरी कति राम्री लखनउको केशरबागमा भेट भयो। सेतो टिर्सट जिन्स पाइन्ट लगाएकी हिसिक्क परेकीले मुसुक्क मुस्काउँदै नमस्कार गरिन् म त अलमलमा परेँ। पछिल्लोतिर फर्केर हेर्दा बसपार्कमा रहेछु ।म अलमलमा परेँ, बहिनी आप हमे पहिचानी हो? टुडेफुटे हिन्दीमा बोलेँ। उसले के तपाईं शर्मा दाइ होइन ? यात्रामा कठिनाई त भएन ? नेपालीमा भनिन्। म झन् अलमलमा परेँ हो म शर्मा दाइ हो यात्रा रमाइलो नै भयो।त्यति भनेपछि मैले बहिनीको नाम सोधेँ। ‘मिनाक्षी चटर्जी’ छोटो जवाफ दिँदै भनिन्, ‘आमाले तपाईंहरुलाई लिन पठाउनु भएको हो ।’ आज कृष्ण अष्टिमी दिन मिनाक्षी बहिनीसँग भेट भयो । देख्दैमा राधा जस्ती करिव ५ फिट ६ इन्च अग्ली सेतो टिर्सट निलो जिन्स पाइन्ट लगाएकी । ‘हतार नगरौं आमाले खाना बनाइ सक्नु भएको होला। हामी त दुई जना आएका छौं। यिनको नाम सीता हो भन्न नपाउँदै नमस्कार भाउजू भनिहालिन्। छोटो समयमा त्यति कुराकानी भएपछि भाउजूको झोला म बोकी दिन्छु भनेर टयाम्पो बोलाइन्। हामी दुई जना अफ्ठारोमा प¥यौ।भारतको लखनउमा एक अपरिचित केटीलाई कसरी बिश्वास गर्ने? कताकता आफुनै मान्छे जस्तो माया पनि लागिसकेको थियो। बिश्वास गर्ने नगर्ने दोधारमा प¥यौ। त्यही पनि मैले बहिनी कोठा बुक गरौं त्यस पछि घरमा जाउँला हुदैन भनेँ। उनले जिद्दी गर्न लागिन कहाँ हाम्रो घरमा बस्ने हो। पापाआमा रिसाउनु हुन्छ।’‘हामीसँग अरु साथी पनि छन्। सवै अमिनावाद छेदिलाल धर्मशालामा बस्ने सल्लाह छ। एक पटक अमिनावाद जाउँ त्यस पछि जाँदा हुँदैन’ मैले भनेपछि उनले मौन स्वकृति जनाइन्। अरु साथीहरु पनि आइसकेका रहेछन्। हामीले पनि धर्मशालाको २०५ नम्वर कोठा बुक गर्यौं।
‘सीता र मिनाक्षी तिमीहरु कुरा गर्दै गर म फ्रेश भएर आउँछु’ भन्दै म टावेल लिएर बाथरुम छिरेँ। आउँदा सीता र मिनाक्षीले स्याउ खाँदै धेरै वर्षपछि वाल्यकालका साथीसँग भेट भएको जस्तो गफ गरिरहेका थिए। एक जनाले हिन्दी टुठेफुटे बोल्न र अर्काले नेपाली टुठेफुटे बोल्ने। दुवैले आफ्नै मान्छे भेटाएकोमा खुसीले गद्गद् थिए।सीतालाई त वास्तविक कुरा थाहा दिएन भने मिनाक्षीलाई थाहा हुने कुरै भएन। सीतापनि दुलही भएको धेरै वर्ष भएको थिएन। उनले हाम्रा सबै रिस्तेदार चिनिसकेकी थिइनन्। यहाँ पनि नयाँ रिस्तेदार रहेछन् भन्ने उसलाई लागेको हुन सक्छ। मिनाक्षीले त आफू लिन आएको आफ्नै मान्छे मानेकी थिइ। म फ्रेस भएर आएपछि स्याना नानीले भने जस्तो लाडे स्वभावमा अब घर जाउँ दाइ भन्न लागिन्। हामी सवै जान तयार भयौं। कोठाको ढोका लगाएर बाहिर निस्क्यौं।
धर्मशालाको नजिकै रहेको ट्याम्पो चढेर चारबाग गएर चिया खाउँ त्यस पछि जाने मैले प्रस्ताव राखेँ उनले सहर्ष स्वीकारिन्। देख्दा बिछटटै राम्री थिइ। चिया पसलमा पहिला पानी मगाएँ त्यसपछि चिया तीन कप अर्डर गर्यौं। सीता र मिनाक्षी दुवैले भोक लागेको छ नमकिन र लस्सी खाने भने पछि म मात्र चिया पिउने भएँ। त्यही क्रममा बहिनी तिम्री आमाले के भनेर लिन पठाएको तिमी झुक्कियौ कि?कुरा मैले सुरु गरेँ–होइन दाइ आमाले आफ्नो माइती दाइका छोरा मेरो मामाको छोरा दाइलाई लिन पठाएकोमा झन् भाउजू पनि लिएर आउनु भएछ झन् खुसी लाग्यो। उ हामीलाई देखेर गद्गद् छ। तिमीले आफ्नो मामा दाइलाई चिन्छौं। भनेर सोधेको उनले ‘म अहिलेसम्म मामा घर गएकी छैन। मामालाई त चिनेकी छु उहाँ एक पटक हाम्रो घर आउनु भएको थियो। दाइलाई त देखेकी थिइन आज भेट भयो।’ उ हामीलाई देखेर खुसीले गद्गद् थिइ उ टुडेफुटे नेपाली बोल्ने हामी टुडेफुटे हिन्दी बोल्ने। झन् त्यसमा भाउजूलाई पाएको दंग थिइ। बहिनी तिमीले यहाँ के गर्छौ मैले सोध्न नपाउँदै उसले जवाफ दिई ‘विश्वविद्यालयमा जर्नालिज्म पढाउँछु। आमाले गाडी लिएर जा भन्दै हुनुहुन्थ्यो। पार्किङको समस्याले नलिएर आएकी हुँ।’ त्यति कुरा हुँदै थियो नानी तिम्रो मामा घर कहाँ भनेर सीताले सोधिन् उनले जबाफ दिइन् देरादुन। हामी नेपालबाट आएका हौं। मिनाक्षी तिमीले लिन आएका आफन्त हामी होइनौं त्यही पनि केही बिग्रेको छैन हामी पनि तिम्रै आफन्त हौं।
उनले हाम्रा सबै रिस्तेदार चिनिसकेकी थिइनन्। यहाँ पनि नयाँ रिस्तेदार रहेछन् भन्ने उसलाई लागेको हुन सक्छ। मिनाक्षीले त आफू लिन आएको आफ्नै मान्छे मानेकी थिइ।
उसले आफू झुक्केकोमा एक्कैचोटी लाज र दुखमानी त्यसवेलासम्म ऊ हाम्री आफन्त भैइसकेकी थिइ। लाजमान्दै मुस्कराउँदै घरसम्म जाने अनुरोध गरि हामीले सहर्ष स्वीकार्यो । गफगाफ हुँदै थियो, अकस्मात मिनाक्षीको घरबाट उसको आमाको फोन आयो।असजिलो मान्दै आउँदै छु भनेर जबाफ दिइ। उताबाट आमाले दाइ भाउजू घरै आइसकेको जानकारी गराइन्। हामीलाई खुल्दु्ली लाग्न थाल्यो। उनका दाइ भाउजूलाई चिन्ने र अपरिचित शहरमा नयाँ मान्छेसँग परिचय हुने तीब्र इच्छा पलाउन थाल्यो। चियाको चुस्की तान्दै मैले कुरा उठाएँ। तिमीहरु कहिलेदेखि लखनउ बस्न लागेको बहिनी भने। उनले पापाको घर पहिलेदेखि लखनउमा थियो। हाम्रो परिवार लखनउ बस्न लागेको धेरै पुस्ता भइसकेको जानकारी गराइन्। पापा जागिरको सिलसिलामा देहरादुन हुनुहुन्थ्यो। हाम्री आमा नेपाली मूलकी शर्मा परिवारकी छोरी त्यही अफिसमा जागिर गर्नुहुन्थ्यो। एक आपसमा सम्वन्ध बढ्यो।दुवै पक्षको सहमतिमा बिबाह भएको हो। पापाले के गर्नुहुन्छ? पापा डाक्टर हुनुहुन्छ भने आमाले कलेजमा पढाउनु हुन्छ। बाबु आमाको आफू एक्लो सन्तान भएको जानकारी गराइन्। फेरि आमाको फोन आएपछि उसले हतारिँदै भनिन्, ‘हामी आउँदै छौं। ल्याउन गएका मान्छे घर आइसकेका छन्।’ कसलाई लिएर आउँदै छौं भनेर आमाले हिन्दीमा बोलेको प्रष्ट सुनियो। दाइभाउजु लिएर आउँदै छु मिनाक्षीले भनिन्।उता आमालाई खुल्दुदुली भएछ कुन दाइ भाउजू लिएर आउँदै छ भनेर। ट्याक्सी लिएर तीन जना उनको घर गयौं। मिनाक्षीले बाटोमा देखिएका ऐतीहासिक ठाउको बर्णन गर्दै १४ मिनेटमा उनको घरमा पुग्यौं। घर आलिसान रहेछ गेटपाले नेपाली मूलको मान्छे रहेछ। उसले हामीलाई देख्दा आफ्नै ठुल्दाइ आएको सम्झेछ र उसले त मेरो खुट्टामा नढोकी नछाड्ने भयो सीतालाई भाउजू नमस्कार गर्यो।
हामी अलमल भएको देखेर उसले म सन्तु दाइ तपाईंको काँइलो भाइ काइँलो भाइ। उ दंग थियो। धेरै वर्षपछि आफ्नो दाइ भेटेकोमा। उसले ढोगभेट गरि हाम्रो झोला बोकेर भित्रसम्म लगिदियो। यो सवै दृष्य मिनाक्षीले नियालिरहेकी थिइन्। उनी झन् चकित भइन्। आफूले लिएर आएका दाई भाउजू आफन्त कँहा आएछन् भनेर। भित्रबाट आमाको आवाज सुनियो आइपुगिस् मिनाक्षी। ए आएँ नयाँ मान्छे पनि लिएर आएकी छु।आमाले हतारिँदै बाहिरको ढोका खोलिन्। हामीलाई देखर त अक्कनबक्क परिन्। पहिला आउने भाइले पनि आफूले नदेखेको नयाँ दुलही लिएर आएको रहेछ। अर्का नयाँ भाइ र बुहारीलाई छोरीले लिएर आएकी छ। उता सन्तु दंगदास छ, आफनो दाइ भाउजू आएकोमा।आमा मेरी उमेर की रहेछिन्। मैले नमस्कार भनिदिए। आमा छोरी एक आपसमा हेराहेर गरिरहेकै बेला सीताले पनि नमस्कार दिदी भनि दिए। झसंग हुन्दै बैठक कक्ष तिर बस्न आग्रह गरिन् । उनिले निलो कुर्ता सुर्वाल लगाएकी ठिक्ककी मोटी म जत्तिकै अग्ली बोल्दा अलिअलि मुस्कुराएर बोल्ने बानी। भय रहित,निर्धक्कले बोल्ने गजब लाग्यो ।
भोकाउनु भएको होला भनेर मठाई मागाईन । मिठाई खान्दै थियौे हामी भन्दा पहिला आईपुगेका भाई नमस्कार गर्दै दुईजना भित्र प्रवेश गरे । मैले तीम्रो नाम केहो भाई भनि सोध्न नपाउर्द मेरो बिराज र यीनको रोशनी हो दाई । हामी देरादुन वस्छौ । नेपाल र ईष्ट ईण्डीया कम्पनी बिच गढवालमा भएको भएको युद्धकालागी नेपालबाट आएका हाम्रा पुर्खा यतै बस्न लागेको जानकारी गराए । हाम्र बराजु सेना नायक हुनुहुन्थ्यो । वहाँको विरगति भएपछि संगै आएका परिवारलाई तत्तकालिन त्यस क्षेत्रको राज्यसरकारले स सम्मान वस्ने ब्यबस्था गरिदिएकोले हामी त्यहि बस्दै आएका छौ । कुमाल गढवाल देरादुन नेपाली मुलको वासस्थान हो । मिठाई सवैले सँगै खायौँ। खाँदै गर्दा सोधेँ “कतिमा पढ्छ्यौ”?“मास्टर्स अन्तिम सेमिस्टार” रोशनीले स्नातक गर्दै छिन छोटो जवाफ आयो। म पनि चुपचाप मिठाई खाइरहेँ। खाँदै गर्दा नया नया आफन्तहरु भेटिएका छन । संयोग हो या सपना म अलमल परे यसो आफुलाई चिमुटछु त बिपनामा नै रहेछु ,।
म भित्रको मिनाक्षि प्रतिको तृष्णाले मलाई घायल बनाइरहेको थियो। ममा उनका लागि खै के हो के किसिमको अपनत्वको आभास भैरहेको थियो। म यसै यसै दंग थिएँ। मिठाई मुखमा हाल्नै लाग्दा निस्कियो पापा खै त ?उनीको छोटो जवाफ अफिसको कामले देश वाहिर जानुभएको छ । डाक्टर साव देश बाहिर पनि चेक चाँच गर्नु जानुहुन्दो रहेछ । नामी डन्टीस्ट हुनुहुन्दो रहेछ । मिनाक्षिको आमाले बडो उत्सुक नजरले हामीलाई हेर्दै थिइन्। उनको अनुहारले हामीलाई आफनै मान्छे ठानेको जस्तो देखिन्थ्यो । चिया पिउदै थियौ वाहिरबाट सन्त आईपुग्यो । उ आफनो दाई भाउजु आएको दंग थियो । उ विचरालाई वास्तबिक कुरा नै थाहा रहेनछ । उ मेरो नजिक आएर बस्यो । खुसि हुन्दै घरको हालखवर सोध्न सुरु ग¥यो । मैले उसलाई स्नेहपुर्वक भाई तिम्रो घर काहाँ हो भनि सोध्दा अलि रिसाएर दाईले पनि नचिनेको जस्तो गर्नुहुन्छ भनेर रिसाएर वाहिर निस्की हाल्यो ।
म आफै उ वसेको ठाउमा गए । एकछिन त उसले मलाई घुर्कि देखायो । धेरै संझाए पछि उसले आफनो वास्तविक कुरा भन्यो । उ दस वर्षको हुन्दा विछोटिएर हराएको रहेछ । साह्रै दुख पाउदै त्याहा आईपुगेको रहेछ । नेपालमा भएको सशस्त्र आन्दोलनमा घर परिवार विस्थापित भएका रहेछन् । उसका पाच दाजुभाईको काईलो भाइ रहेछ । वा आमा सानैमा गुमाएको बिस्थापित वालकले आफनै जेठो दाजु मलाई सम्झेको रहेछ । राम्रोसंग आफनो घरको ठेगना बताउन सकेन । पाहाडमा घर थियो मात्र भन्छ । मलाई आफनै भाई जस्तो लागेर माया लाग्न थाल्यो । मिनाक्षिले पनि उसंग भाई भनेर राखि बान्दीइ रहेछ । मिनाक्षिको घर परिवारले पनि घर कै सदस्यको दर्जा दिएका रहेछन् ।
उ पढनमा तेज रहेछ । मिनाक्षिकि आमाले सन्तलाई यतै बिवाह गरिदिने र सरकारी जागिरे खुवाउने मनशाय भएको कुरा राखिन । त्यति गर्दा पनि उसले घरको याद आईरहने कुरा राख्यो । उसले तपाईहरुलाई देखेपछि एकाएक घरको माया आएकोले अव तपाईहरुलाई आफनै दाई भाउजु जस्तो लागेका छ । त्यति कुरा गर्दा गर्दै रात परिसकेको रहेछ । मैले सोधेँ अझै गर्मी निकै छ जस्तो छ बाहिर। मिनाक्ष्किो निधारमा आएको चिटचिट पसिना देखेर सोधिहालेँ। आएँ, उनले भनिन्। गर्मीको कुरै नगरौँ। अत्यन्तै छ। लखनऊ त यस्तो छ राजस्थानका कसरी बाँचेका होलान् मान्छेहरू। उनले थपिन्। सिता आतिसकेकी थिईन अव हामि जान्छौ भोली भेटौला भन्दै उठदै थियौ । खाना तयार भयो, खाना खाएर जानुस् है, मिनाक्षिकी आमाले भनिन्। घडी हेरें सात बजिसकेको रहेछ ।नबुझे जस्तै गरेर भनेँ “हुन्छ बाहिर नै खान्छै । “बाहिर भनेको हैन यहीँ खाएर जानुस भनेकी। पुनः प्रष्ट पारिन्।हुन्छ हामी हात धोएर आउछौ तिमी पस्किराखन मैले भनेँ। उनले पनि “हुन्छ” छोटै जवाफ दिइन्। खाना खाइवरी हामी धर्मशालामा लागि तयार भयौ । पौने आठ भएको रहेछ। उनले गाडी चालकलाई बोलाएर हाम्रो कोठा पु¥याउने भनिन् । हामी ठीक आठ बजे उनको घरबाट निस्कियौँ। मन त्यही घरको कोठामा छुटेको जस्तै छ जीवनको यात्रा। यो व्यक्त गर्न नसकेको अपनत्वले मन जलाउँदो रहेछ।
-बंशीकुमार शर्मा
प्रतिक्रिया