अनेसास डी. सी. मेट्रो च्याप्टरको नयाँ कार्यसमितिको निर्वाचनको प्रयोजनका लागि मतदाताको नामावलीको अन्तिम सूची यही नोभेम्बर ८ शुक्रबार प्रकाशन गरिएकामा केही आजीवन सदस्यको नाम छुट भएको पाइएकोले गत अक्टोबर २९ मा प्रकाशित प्रथम सूचनाअनुसारको निर्वाचन तालिकामा केही हेरफेर गर्नुपर्ने भएका कारण उक्त तालिकामा केही हेरफेर गरी तपसिल अनुसार कायम गरेको व्यहोरा सबैमा सूचित गरिन्छ ।
यसअघिको सूचनामा आज उम्मेदवारी दर्ता गर्ने भनी सूचित गरिएकामा आजदेखिका कार्यक्रमहरुमा हेरफेर भई नोभेम्बर २० बुधबार निर्वाचन हुने गरी देहायअनुसारको कार्यक्रम तय भएको व्यहोरा सबै आजीवन सदस्यलाई जानकारी गराइन्छ । उम्मेदवार बन्न चाहने आजीवन सदस्यले यसैसाथ रहेका उम्मेदवारी दरखास्त फाराम भरी निर्वाचन तालिकामा रहेका विस्तृत सूचनाअनुसार रित पुर्याई निर्वाचन समितिका इमेलमा तोकिएका समयभित्र पठाउनुहुन पनि यसै सूचनाद्वारा सूचित गरिन्छ ।
निर्वाचन समिति
प्रतिक्रिया