रोमबाट चीन उडेको बिमानले चरालाई ठक्कर दिदा आगो लागेपछि बिमान रोम विमानस्थल सकुसल अवतरण गरेको छ । सिबिएसन्यूजका आनुसार २४९ जना यात्रु तथा १६ जना चालकदलका सदस्यहरु सुरक्षित रुपमा बिमानस्थल अवतरण गरेका छन् ।
रोममा उडेको केही क्षणमै रासँग ठोक्किएपछि विमानमा आगो लागेपछि चीनको लागि उडान अवरुद्ध भएको विमानस्थलका अधिकारीहरूले बताएका छन्।
चीनको हेनान बिमानसेवा(एयरलाइन्स)द्वारा सञ्चालित बोइङ ७८७-९ ड्रिमलाइनरको इन्जिन( यन्त्र)मा आइतबार स्थानीय समय अनुसार बिहान ९:५५ बजे रोमको फ्युमिसिनो विमानस्थलमा चरासँग ठोक्किएपछि आगो लागेको थियो।
२४९ जना यात्रु तथा १६ जना चालक दलका सदस्यहरू लिएर चिनियाँ शहर शेन्जेनका लागि उडेको उक्त विमान तुरुन्तै फर्कियो । समुद्रमा इन्धन खसालेपछि सुरक्षित अवतरण भएको विमानस्थलका अधिकारीहरूले बताएका छन्।
विमानले स्पष्ट रूपमा चरालाई ठक्कर दिएको थियो । घटनाको अनुसन्धान भइरहेको छ । बिमानस्थलका अधिकारीहरूले बिमानस्थलमा हवाई यातायातमा कुनै ढिलाइ नभएको बताए।
प्रतिक्रिया