क्युबामा ६.८ परिमाणको भूकम्प

इनेप्लिज २०८१ कार्तिक २५ गते २०:०७ मा प्रकाशित

क्युबामा ६.८ परिमाणको भूकम्प आएको छ । हप्तौ दिन देखि आएको समुन्द्री टापूले थालिएको क्युबामा फेरि भूकम्प आएको छ । प्रारम्भिक भूकम्पले पूर्वी क्युबालाई असर पारेको छ ।

एबिसीन्यूजका अनुसार आइतवार पूर्वी क्युबामा ६.८ म्याग्निच्युड(परिमाण)को भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु क्युबाको बार्टोलोम मासोबाट करिब २५ माइल (४० किलोमिटर) दक्षिणमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

सान्टियागो डे क्युबा जस्ता ठूला शहरहरूसाथै होल्गुइन र लगायत क्युबाको पूर्वी भागमा धक्का महसुस गरिएको छ । जमैकाका स्थानीय सञ्चारमाध्यमहरूले पनि टापुमा भूकम्पको धक्का महसुस गरेको जानकारी दिएका छन्।

क्युबामा ठूलो क्षति भएको या नभएको तत्काल कुनै जानकारी प्राप्त नभएको एबिसीन्यूजले जनाएको छ । क्युबाको दोस्रो ठूलो शहर स्यान्टियागोका बासिन्दाहरूलाई आइतवार हल्लाएको थियो । शहरका मानिसहरू सडकमा आएका थिए । मानिसहरु डराएर ढोकामा बसिरहेका थिए। त्यहाँ भूकम्प पछि कम्तिमा दुई पराकम्पनको महसुस गरिएको थियो ।

प्रतिक्रिया