अहिले सम्मको अमेरिकी इतिहासमा सर्वाधिक मत अर्थात् लोकप्रिय मत ल्याउने राष्ट्रपति जो बाइडेन भएका छन् । सन् २०२० मा अमेरिकी जनताले अभूतपूर्व मतदान गरेका थिए । इतिहासमै अहिले सम्म सन् २०२० मा मात्र अत्यन्तै सहभागिता भएको चुनाव भएको छ ।
४ दशक सम्म सिनेटर भै काम काम गरेका जो बाइडेनले अपेक्षा गरे भन्दा जनताले उनलाई मतदान गरे । सन् २०१६ मा बिजयी भएका डोनाल्ड ट्रम्पलाई नराम्रो सँग हराएका थिए । सन् २०२० मा ट्रम्प भन्दा ७० लाख ज्यादा बाइडेनले मत ल्याएका थिए ।
तर यस पटक सन् २०२४ मा ट्रम्पले ४० लाख भन्दा ज्यादा मतले उपराष्ट्रपति कमला ह्यारिसलाई हराएका छन् । यसरी इतिहास हेर्दा अहिले सम्म सबै भन्दा ज्याँदा मत बाइडेनले ल्याउदै इतिहासमा नाम लेख्न सफल भएका छन् भने ट्रम्प दोश्रो स्थानमा रहेका छन् । उनले सन् २०२० मा ७ करोड ४२ लाख मत प्राप्त गरेका थिए । सन् २०२० कै हाराहारीमा मत ल्याउदै सजिलै कमलालाई हराई दिएका छन् ।
सन् २०२० मा बाइडेनले ८ करोड १२ लाख मत् हासिल गर्दै शानदार बिजयी भएका थिए । हाल अमेरिकाको जनसंख्या करिव ३३ करोड ५० लाख रहेको छ । अबको केही बर्षमा जनसंख्या वृद्धि संगै मतदाताको संख्यामा वृद्धि हुनु स्वाभाविक हो । तर सन् २०२० को तुलनामा मतदान कम झरेको छ । जसको परिणाम कमला पराजित भईन । बाइडेन जतिनै मत प्राप्त गरेकी भए बिजयी हुन् सक्थिन ।
निर्वाचन नतिजा आउनु अगाडी सम्म कमलाको चन्दा संकलन ट्रम्पको तुलनामा ज्यादै भएको कारण चुनाव जित्ने हुन् कि भन्ने पनि अनुमान गरिएको थियो । तर त्यसो हुन् सकेन र जनताले ट्रम्पले उठान गरेका मुद्धाहरुलाई जनताले अनुमोदन गरे । र, ट्रम्पलाई जिताए ।
उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले दुवै पटक बिजयी हुँदा ल्याएको मत भन्दा ज्यादा मत ल्याउदा पनि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसंग पराजित हुनु पर्यो ।
ओबामाले सन् २००८ मा ६ करोड ९४ लाख ९८ हजार मत ल्याएका थिए भने सन् २०१२ मा ६ करोड ५९ लाख १५ हजार मत प्राप्त गरेका थिए । दुवै पटक ७ करोड मत प्राप्त नगर्दै बाजी मारेका थिए ।
तर सन् २०२४ मा कमला ह्यारिसले नोभेम्बर ९ शनिबार बिहान ७ बजे सम्म ७ करोड २ लाख ५६ हजार मत ल्याउदा पनि पराजय भोग्नु परेको छ । अर्थात् उनलाई नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै निर्वाचक मत (इलेक्टोरल भोट )तथा लोकप्रिय मत(पपुलर भोट )मा हराएका छन् । लगभग ९४ % मत गणना भै सक्दा सन् २०२० मा ल्याएको लगभग ७ करोड ४२ लाख लोकप्रिय मत प्राप्त नजिक पुग्न सफल भएका छन् ।
ट्रम्पले कमलालाई लगभग ४० लाख मतले पछि पर्दै लोकप्रिय मत अर्थात् पपुलर भोटमा पनि पछि पारेका छन् ।
सन् २०२४ मा नोभेम्बर ९ शनिबार बिहान ७ बजे सम्म ट्रम्पले मा कूल लोकप्रिय मत मत ७ करोड ४१ को हाराहारीमा पुगेका छन् । अझै मत गणना भै रहेकोले कही बढ्ने सम्भावना रहेको छ ।
स्मरण रहोस , सन् २०२० मा बाइडेनले ३०६ निर्वाचक मत (इलेक्टोरल भोट )ल्याई ट्रम्पलाई हराएका थिए । सन् २०१६ मा पनि ट्रम्प पपुलर भोट अर्थात् लोकप्रिय मतमा हिलारी क्लिन्टन संग हारेका थिए । तर यस बर्ष २०२४ मा ट्रम्पले निर्वाचक मत तथा पपुलर भोट (कुल मतदान मत)मा ह्यारिसलाई पछार्न सफल भएका छन् ।
सन् २०२० मा ट्रम्पले २३२ मात्र निर्वाचक मत (इलेक्टोरल भोट) प्राप्त गरेका थिए । यस बर्ष २०२४ मा ट्रम्पले ३०१ निर्वाचक मत ल्याई बिजयी भएका छन् । ह्यारिसले २२६ मात्र निर्वाचक मत मात्र प्राप्त गरेकी छिन् ।
प्रतिक्रिया