अमेरिका भरिका मानिसहरुलाई जातीय तथा आपत्तिजनक सन्देश (टेक्स)पठाउने संदिग्धहरु प्रति एफबिआईद्वारा अनुसन्धान सुरु

इनेप्लिज २०८१ कार्तिक २३ गते २२:५४ मा प्रकाशित

अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव जिते पछि अमेरिकाभरिका मानिसहरुलाई जातीय तथा आपत्तिजनक सन्देश (टेक्स)पठाउने संदिग्ध व्यक्तिहरु बिरुद्ध एफबिआईले अनुसन्धान सुरु गरेको छ । एनबिसी वाशिंगटनका अनुसार डिसी क्षेत्र र देशभरका बिभिन्न जातजातिका मानिसहरुले चुनावको एक दिन पछि जातीय अनिष्ट संदेश (स्पाम )हरु प्राप्त गरेपछि अनुसन्धान गरिरहेको छ ।

विशेषज्ञहरुले यस्ता संदेशहरुबाट बच्नु पर्ने बताएका छन् । धेरै जसो सन्देशहरु अज्ञात व्यक्तिहरुले पठाएका छन् । प्रेषकहरूले मानिसहरूलाई कपास टिप्नको लागि खेती गर्न निर्देशन दिएका थिए । उक्त सन्देशहरुले शताब्दी अगाडी उन्मुलन भएको अर्थात् दास/दासी र दास प्रथालाई नराम्रोसँग स्मरण गराई दिएको छ ।

मेरील्याण्डकी एक आमाले बुधवार आफ्नो संचारथान जाँच गर्दा एउटा स्तब्ध पार्ने संदेश देखेको बताइन । मैले हेरेँ र तपाईलाई ब्रीडर( बिरुवा रोप्ने )को रूपमा चयन गरिएको सन्देश लेखिएको बताइन तर उनले आफ्नो नाम सार्वजनिक गरिनन् ।

उनले उनकी छोरीलाई पनि उनको नामले सम्बोधन गर्ने धेरै सन्देश प्राप्त भएको एनबिसिवाशिंगटनलाई बताइन ।

राष्ट्रपतिको चुनावको पछि “कपास उठाउने” जस्ता जातिय सन्देशहरु बालबालिका ,महाबिद्यालय (कलेज)का विद्यार्थीहरू र काम गर्ने पेशेवरहरूले अपरिचित संचार माध्यम (फोन नम्बर)हरूबाट प्राप्त गरे पछि एफबिआइले अनुसन्धान सुरु गरेको हो ।

बिहीबार न्यूयोर्कदेखि क्यालिफोर्निया र डिसी लगायतका २० भन्दा बढी राज्यहरूमा यस्ता घृणित सन्देशहरु मानिसहरुले प्राप्त गरेका थिए । दुबै दलका महान्यायाधिवक्ताले सन्देशहरूको निन्दा गर्दै र पठाउनेहरूलाई जरैबाट हटाउने वाचा गरेको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया