मनाससमा कलाकारहरुलाई गरिने सम्मान कार्यक्रमको तयारी पूरा ,नेपाली समुदायलाई सहभागिता हुन् आह्वान

इनेप्लिज २०८१ कार्तिक २३ गते १:१४ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको मनाससमा कलाकारहरुको सम्मानमा गरिने कार्यक्रमको तयारी पुरा भएको छ । आयोजक मध्ये कै सुनिता खत्री नेपालले सबैलाई चूलो निम्तो ईनेप्लिज मार्फत दिएकी छिन् ।

आगामी नोभेम्बर ८ शुक्रबारका दिन साँझ कार्यक्रमको आयोजना हुनेछ । उक्त कार्यक्रमको नामाकरण डि एमभी नेपाली कलाकार पुरस्कार २०२४ पहिलो संस्करण राखिएको छ ।

वाशिंगटन डिसी महानगर क्षेत्रमा पहिलो पटक आयोजित हुन लागेको यो विशेष कार्यक्रममा नेपाली कला र संस्कृतिको उत्कृष्ट प्रतिनिधित्व गर्ने कलाकारहरूलाई सम्मान गरिनेछ।

साथै नेपाल र अमेरिकाका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका प्रतिभाहरूको समेत कदर गरिने छ । यसका लागि अधिकांश कलाकारहरु यतैबाट सहभागिता जनाउने छ भने केही कलाकारहरु नेपालबाट अमेरिका आई सकेका छन् ।

कलाकारहरुको सम्मानको लागि कार्यक्रमको आयोजना गरिएकोले आयोजकको तर्फबाट कलाकार पुस्कर पन्तले सबैदाजूभाई दिदी बहिनिहरुलाई कार्यक्रममा सहभागिताको लागि अनुरोध गरे ।

साथै सांस्कृतिक कार्यक्रम पनि रहेको पन्तले ईनेप्लिजलाई बताए ।

कार्यक्रमको आयोजना आइएनएलएस डिसी शाखाले गर्नेछ ।

कार्यक्रम हुन् बिस्तृत जानकारी :

मिति: शुक्रवार, नोभेम्बर ८, २०२४
समय-६:३०–१० :०० बजे सम्म
स्थान: १०८२० बल्स फोर्ड रोड, मनासस भर्जिनिया

प्रतिक्रिया