हिजोको संयुक्त परिवार अवसरको खोजीमा गाउँबाट सहर, सहरबाट वैदेशिक क्षेत्र हुँदै एकात्मक परिवारमा रूपान्तरण हुँदा अनुभव, ज्ञान र सिपका पुन्ज सहाराविहीन र एक्लो हुँदै गएका छन् । पुराना पुस्ताको ज्ञान, अनुभव, सिपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने र सम्मानित, मर्यादित गुणस्तरीय मानव जीवनका लागि जोड दिने नीति भए पनि व्यवहारमा परिपालना हुन सकेको छैन ज्येष्ठ नागरिक गाउँ घरमा सन्तान आउने आशामा घर कुरेर बसेका छन् । हिजोको संयुक्त परिवार, आज एकात्मक परिवारमा रूपान्तरण हुँदै गएको छ । परिणाम स्वरूप आजभोलि गाउँघरका फलैचा र चौतारीमा मान्छे भेटिँदैनन् । बाबु आमाको मृत शरीर अन्तिम दाह संस्कारका लागि छोरा छोरीको बाटो कुरि बस्नुपर्ने अवस्था दिन प्रतिदिन भयावह हुँदै गएको छ कृतिम बौद्धिकतामा रमाएको मानिस आजभोलि दया, माया, करुणा, सदभाव, प्रेम, सहयोग सबै भुली यान्त्रिक भइसकेको छ ।
जिजु हजुरबुबा, आमाको लोहरी सुनेर निदाउने हिजोका नाति नातिनी आज आफ्नै हजुरबा आमालाई नचिन्ने अवस्था बन्दै गएको छ । वैदेशिक रोजगारीमा परिवारको खुसी र समृद्धि खोज्ने हिँडेका छोरा, छोरी उतै घरजम गरी स्वदेश फर्कन नसक्ने गरी लोनको दल दलमा फसेका छन् । बा, आमाहरू पाखोबारी र गाउँघर कुरेर बसेका छन् । नाति नातिनी देख्न, भेट्न र चिन्न पाएका छैनन् । नाति नातिनी आफ्नो हजुरबा आमाको नेपाली भाषा नबुझ्ने यहाँको वातावरणमा बस्न नसक्ने भइसकेका छन् ।जल, जमिन, जङ्गल, प्रविधि, जडीबुटी, कृषि, उद्योगलगायत क्षेत्रमा बढीभन्दा लगानी गर्नु पर्छ । हातमुख जोर्न र परिवारको खुसी खोज्नका लागि पलायन भएको युवाशक्ति राज्यले फर्काएर एक गाउँ एक उत्पादन, श्रमको सम्मान राष्ट्रको अभियान, रोजगारी प्रवर्धन दशक र प्रधानमन्त्री रोजगारलगायतका कार्यक्रम अझ प्रभावकारी बनाएर लैजानु पर्छ । जनशक्तिलाई फर्काउन सके आफ्नै माटोमा सुन फलाउने अवसर साबित गर्न सकिन्छ । तब मात्र सबैको परिवारमा खुसी छाउनुका साथै सम्मृद्ध राष्ट्र निर्माणको सपना पनि पूरा हुनेछ । देशको धरोहर युवाशक्तिलाई देशमा बढीभन्दा बढी उपयोग गरी मानव पुँजीमा रूपान्तरण गर्नु पर्छ । अन्य मुलुकमा रहेको युवाशक्तिलाई फर्काउने, वैदेशिक रोजागरीमा जान स्वीकृत लिएको युवाशक्तिलाई रोकी राज्यले आफ्नो गाउँ आफैँ बनाऊ, श्रमको सम्मान राष्ट्रको अभियान, रोजगारी प्रवर्धन दशकलगायत कार्यक्रममा विशेष आकर्षणको सहुलियत र सुविधा दिएर फर्काउन सके आफ्नै माटोमा सुन फलाउने अवसर साबित गर्न सकिन्छ । उमेर ढल्दै जाँदा पारिवारिक माया, स्नेह, उचित स्याहार सुसार, मायाममता सम्मानको खाँचो भएका एक्ला वृद्ध बाआमाको चाहुरिएका मुहारमा खुसीका किरण आउने छन् । नाति नातिनीले हजुरआमा हजुरबुबाका लोहरी, अनुभवका कथा, ज्ञान, अनुभव र सिप सिक्ने अवसर प्राप्त गर्ने छन्
प्रतिक्रिया