अनिलभक्त खरेल
टिभी प्रस्तोताको रुपमा नेपाली जनमानसले रुचाइएका रवि लामिछाने विगत ४ वर्षदेखि राजनीतिक वृत्त, आम सञ्चार र सर्वसाधरणको लागि चर्चा र केन्द्रबिन्दुमा छन् । पहिला पहिला “जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि” भन्ने उखानलाई रवि लामिछानेको जनतासंग सिधाकुरा मार्फत “जहाँ पुग्दैनन् कवि त्यहाँ पुग्छन् रवि” भन्ने चरितार्थ गरेका कारण राजनीतिक दल खोलेको छोटो समयमा नै उत्कृष्ट नतिजा निकालेका थिए, जुनकुरा देशलाई बन्धक बनाएर राख्नेहरुका लागि सह्य भएन ।
निमुखा, आवाजवीहिनहरुको आवाज बनेर अन्याय, अत्याचार, भ्रष्टाचार, कालाबाजारी देशद्रोहीहरुको विरुद्ध देशभक्तिपुर्ण कार्यक्रम चलाउँदै शिखरको पाइला चलाएको विध्वंसकारी, ढुंगामुडा, तोडफोड गरेर राजनीतिको केन्द्र बिन्दुमा रहेकाहरुलाई सह्य नहुनु स्वभाविकनै हो । त्यसैले रवि ती अपराधीहरुको नजरमा नजरमा तारो बने र बनि पनि रहेका छन् ।
जसरी महाभारतको युध्दमा कायर ७ महारथी मिलेर एक निहत्था बीर अभिमन्युलाई घेरेर बध गरे अहिले त्यसैगरी भ्रष्टचारमा लिप्त, ३४ वर्षदेखि राज्यदोहन गरिरहेका कायरहरु आप्mनो भाग रविले खोस्न आयो भनेर रवि लामिछानेमाथी घेराबन्दी गरिरहेका छन् । तर चक्रव्युह तोड्न निपुण लामिछानेले सोही नजिर बनाउँदै सारा भ्रष्टचारीहरुको दोहोले काट्नेछन् । ४ वर्ष अगाडि एउटा चक्रव्युह तोडेर गृहमन्त्री बनेका रवि यो पटकको चक्रव्युह तोडेर प्रधानमन्त्री बन्ने कुरामा जनमानसको विश्वास छ । यदि महाभातरमा अभिमन्युको कायरतापुर्वक बध नगरिएको भए न द्रोणाचार्यको बध हुन्थ्यो, न कर्ण मारिन्थे, न दुर्योधन नै मारिन्थे । ती नमारिएको भए न पाण्डवले नै जित्थे । भनिन्छ नि जे हुन्छ राम्रैको लागि हुन्छ । कतै देश राम्रो हुनको लागि रवि अभिमन्यु हुनु परेको त हैन ? यदि अभिमन्युरुपी रविले चक्रव्युह तोडेर आएपछि रविलाई दुःखदिनेहरु कहाँ भाग्लान् सोचनीय छ । किनकी नेपाली नभएको देशै छैन । विदेश आए विदेशकाले नै लखेट्छन् नेपाल बसे नेपालीले । हामी त राम राम मात्र भन्ने हो काँध उनीहरु नै थापुन् ।
पहिला पहिला “जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि” भन्ने उखानलाई रवि लामिछानेको जनतासंग सिधाकुरा मार्फत “जहाँ पुग्दैनन् कवि त्यहाँ पुग्छन् रवि” भन्ने चरितार्थ गरेका कारण राजनीतिक दल खोलेको छोटो समयमा नै उत्कृष्ट नतिजा निकालेका थिए, जुनकुरा देशलाई बन्धक बनाएर राख्नेहरुका लागि सह्य भएन ।
हुन त आजभन्दा ४ वर्ष अघि पनि २८ दिन थुनेर चितवन जिल्ला रविमय बनाए । २८ दिनसम्म थुन्दा पनि केही प्रमाण फेला परेन । अब २ महिना भन्दा बढी समय कास्की, रुपन्देही, पर्सा, काठमाडौं लगायत देश भ्रमण गराएर पनि केही हात लाग्ने देखिदैन ।
बरु ती जिल्लाहरु पनि रविमय नै हुनेछन् । जसरी महादेवले सतिदेवीको लास बोकेर हिड्दा जहाँ जहाँ सतिदेवीको अंग पतन भए त्यहाँ त्यहाँ शक्तिपीठ बने अब यी भ्रष्टहरुले जहाँ जहाँ रविको पाईला टेकाउँछन् त्यहाँ त्यहाँ त्यहाँ रविमय हुनेछ र ८४ मा देशै रविमय हुनेछ ।
भगवान शिवले सतिदेवीको मृत शरीर बोकेर हिडेका बेलामा सतिदेवीका अंगहरु संसारका विभिन्न ठाउँहरुमा पतन भएका थिए अथवा खसेका थिए । जुन जुन ठाउँहरुमा सतिदेवीका अंगहरु पतन भए त्यस त्यस ठाउँमा एक एक वटा देवी, योगिनी र महादेव उत्पन्न भएर शिवशक्ति स्वरुपले रहेका छन् ।
पृथ्वीमा सतिदेवीका अंगहरु पतन भएर ७ करोड पचास लाख सिध्दपीठहरु उत्पन्न भएका छन् । त्यसबेला नेपालमा गुह्य अंग मात्र पतन भएकोले गुह्यश्वरी शक्तिपीठको रुपमा प्रख्यात छ । प्रायः अंगहरु भारतमा खसेका हुनाले सारा शक्तिपीठ भारतमा रहेका छन् । लाखौं नेपाली हिन्दुहरु ती शक्तिपीठको दर्शन गर्न प्रत्येक वर्ष भारतमा जाने गर्दछन् ।
भारतको वाराणसी, कामरुप, पौरबन्ध, कश्मिर, कान्यकुब्ज, पुर्णागिरी, अस्तातक, चामुण्डाचल, कोल्हापुर, एकापुर, मातुलेश्वर, मल्लवी, कुशलान्तक, हस्तिानापुर, प्रयाग, मायापुर, सेनापीठ, हिरण्यपुर,वानरपुर, मलयागिरी, क्षिरीकापुर अत्यन्तै लोकप्रीय शत्तिपीठहरु हुन् ।
अब रविले पाईला टेकेका ठाउँका जनता पनि ३४ वर्षको बन्धकबाट मुक्त हुनेछन् किनकी जनता २ तिहाई सरकारका दास होइनन् । चेतना भया ।
अमेरिका, भर्जिीनया
प्रतिक्रिया