रवि लामिछानेलाई हिरासतमा राख्नुको कारण के हो, राजनीतिक प्रतिशोधको गन्ध आयो : चन्दा कार्की (भिडिओसहित)

इनेप्लिज २०८१ कार्तिक १६ गते ०:२२ मा प्रकाशित

काठमाडौं, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले आफ्नो सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्नुको पछाडि राजनीतिक प्रतिशोधको गन्ध रहेको टिप्पणी गरेकी छिन् । उनले सभापति लामिछानेलाई हिरासतमा राख्नुको कारण के हो ? भन्दै प्रश्नसमेत गरेकी छिन् ।

हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । उनले सभापति लामिछानेलाई हिरासतमा राख्नुको पछाडि आफूहरुले भनेको राजनीतिक प्रतिशोधको विषयमा स्पष्ट पार्दै भनिन्–‘पहिलो कुरा त जे कसुर लागेको छ, त्यसमा अनुसन्धान गर्ने कुरामा हामीले कहिल्यैपनि नाई भनेका छैनौं । हिरासतमा लगेर राख्नुपर्ने के थियो ? उ भागेर जाने अवस्था छैन् ? फेरि अपराध गर्ने भन्ने अवस्था छैन् ? अहिले पक्राउ गरिएको ११, १२ दिन भैसक्यो, त्यसमा जम्मा ११ घण्टामात्रै बयान भएको छ ।’ उनले राज्य लाग्यो भने जोसुकै व्यक्तिलाई सजिलै सिध्याईदिने टिप्पणी पनि गरिन् ।

प्रतिक्रिया