विश्व प्रसिद्ध बास्केटबल खेलाडी लेब्रोन जेम्सले उपराष्ट्रपती कमला ह्यारिसलाई समर्थन गरेका छन् ।
लस एन्जलस लेकर्सका चर्चित खेलाडी लेब्रोन जेम्स, विश्वका सबैभन्दा प्रसिद्ध बास्केटबल खेलाडीहरू मध्ये कै एकले बिहीबार एक सामाजिक संजालमा ह्यारिसलाई समर्थन गरेका छन् ।
उनले सामाजिक संजालमा राखेको श्रब्यदृश्य (भिडियो ) गत आइतवार न्यूयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा अश्वेतहरूको बारेमा हास्य कलाकार टोनी हिन्चक्लिफको धेरै आलोचना गरिएको त्यहाँ केही अंश समेत उनले राखेका छन् । साथै ट्रम्पले बोलेका कुराहरु पनि संक्षेपमा राखिएको छ ।
जेम्स श्रब्यदृश्य (भिडियो)मा देखा पर्दैनन् तर प्रकाशन(पोस्ट)मा लेख्छन्, हामी यहाँ के कुरा गर्दैछौं ? जब म मेरा बच्चाहरू र मेरो परिवारको बारेमा सोच्दछु र उनीहरू कसरी हुर्कनेछन्,मेरो छनोट स्पष्ट छ भन्दै कमला ह्यारिसलाई मतदान गर्न आह्वान गरेका छन् ।
प्रतिक्रिया