कोलोराडोको  बोल्डर शहरमा देउसी भैलो संगै सामुहिक कुकुर पुजा सम्पन्न 

नातिबाबु भट्ट २०८१ कार्तिक १३ गते १०:२८ मा प्रकाशित

अक्टोबर २८, २०२४
कोलोराडो, अमेरीका

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोको बोल्डर शहरमा देउसी भैलो संगै सामुहिक कुकुर पुजा सम्पन्न भएको छ ।

कोलोराडोमा कृयासिल नेपाली जात्राको आयोजना, स्थानिय अमेरीकन तथा नेपालीभाषी समुदायको सहभागीतामा देउसी भैलो संगै सामुहिक कुकुर पुजा कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय अमेरीकनहरुलाई हिन्दु संस्कृतीको पहिचान गराउन तथा अमेरीकामा ज्यादै लोकप्रीय कुकुरलाइ कसरी पुजा गरिन्छ भन्ने देखाउन कार्यक्रम आयोजना गरिएको नेपाली जात्राको संयोजक सुनन्दा डंगोलले बताएकी छिन् ।

City of Boulder Housing and Human services र Rocky Mountain Equality को सहयोगमा सम्पन्न देउसी भैलो संगै सामुहिक कुकुर पुजा कार्यक्रममा ७० जना स्थानीयहरुले सहभागीताकोलागी रजिष्ट्रेशन गराएका थिए । कार्यक्रममा स्मृती श्रेष्ठ प्रधानले देउसी भैलो तथा कुकुर पुजाको संस्कृती कसरी र कहिले देखी शुरुभयो भन्ने जानाकारी गराएकी थिइन् । कार्यक्रममा झण्डै दुइ दर्जन भन्दा बढि कुकुरहरुको सामुहिक पुजागरी खाना खुवाइएको थियो ।

कार्यक्रममा ७ सय २७ डलर संकलन भएको र सो रकम नेपाली सांस्कृतिक भवनको सहयोगार्थ नेपाली घरको खातामा संकलन गरिने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया