अमेरिकाको मिनेसोटा बिश्वबिद्यालयमा ११ जना प्यालेस्टिनी समर्थक प्रदर्शनकारी पक्राउ

इनेप्लिज २०८१ कार्तिक ६ गते ११:१३ मा प्रकाशित

अमेरिकाको युनिभर्सिटी अफ मिनेसोटा(बिश्वबिद्यालयमा)मा प्यालेस्टिनी समर्थक ११ जना प्रदर्शनकारी पक्राउ परेका छन् । प्रदर्शनकारीहरूले घेराहरू बनाए र मोरिल हल(सभाकक्ष) भित्र कर्मचारीहरूलाई थुनेको एबिसीन्यूजले जनाएको छ ।

प्यालेस्टाइन समर्थक प्रदर्शनहरू देशभरिका बिश्वबिद्यालय तथा महाबिद्यालयहरूमा निरन्तर रुपमा बिरोध प्रदर्शन गर्दै आई रहेका छन् ।

नेसोटा बिश्वबिद्यालयमा (युनिभर्सिटी अफ मिनेसोटा )मा गत सोमबार भएको प्रदर्शनमा प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले परिसरको प्रशासनिक सभाकक्ष मा अवरोध गरेपछि कर्मचारीहरूलाई भवनभित्र ताला लगाएपछि ११ जना पक्राउ गरिएको हो ।

प्रदर्शनकारीहरूले विश्वविद्यालयका अध्यक्ष रेबेका कनिङ्घमको कार्यालय रहेको मोरिल हल(कक्ष)को प्रवेश र निस्कने बाटो अवरुद्ध गरेका थिए।

सोमबार राति जारी गरेको विज्ञप्ति अनुसार दिउँसो ३ बजे शान्तिपूर्ण भेलाबाट विरोध प्रदर्शन सुरु भएको थियो ।

विरोधको वृद्धिलाई पहिलो पटक आपतकालीन चेतावनीको रूपमा ४:३४ बजे घोषणा गरिएको थियो । हेन्नेपिन काउन्टी शेरिफको कार्यालयबाट आवश्यक सहयोगको साथ लगभग ५:४० बजे भवनमा प्रवेश गरेर ११ जनालाई पक्राउ गरिएको बिश्वबिद्यालयले जनाएको छ ।

प्रतिक्रिया