अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केन गाजा र लेबनान दुबैमा युद्धविराम वार्तालाई पुनर्जीवित गर्न इजरायल पुगे , लेबनान र गाजामा थप २३० क्षेप्यास्त्रहरू प्रहार

इनेप्लिज २०८१ कार्तिक ६ गते १०:४५ मा प्रकाशित

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केन गाजा र लेबनान दुबैमा युद्धविराम वार्तालाई पुनर्जीवित गर्न इजरायल पुगेका छन् ।

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केन गाजा र लेबनान दुबैमा युद्धविराम वार्तालाई पुनर्जीवित गर्न मध्यपूर्व राष्ट्रहरूको भ्रमण सुरु गर्न मंगलबार तेल अवीभको बेन गुरियन विमानस्थलमा अवतरण गरेका छन् ।

ब्लिन्केनले अक्टोबर २२ मंगलबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने अपेक्षा गरिएको छ। एबिसीन्यूजका अनुसार रोकिएको युद्धविराम वार्ताको पुनरुत्थान र थप क्षेत्रीय वृद्धिको रोकथाम गर्ने अमेरिकी शीर्ष कूटनीतिज्ञको मुख्य कार्यसूची ( एजेन्डा)को शीर्ष प्राथमिकतामा रहेको छ ।

ब्लिन्केनको पछिल्लो क्षेत्रीय भ्रमण अमेरिकी राष्ट्रपतिको चुनाव आउन दुई हप्ता मात्र बाँकी छ । इजरायलले अक्टोबर १ मा भएको प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल )आक्रमणको इरान विरुद्ध बदला लिने विचार गरिरहेको छ।

यसै बीच आइडिएफले लेबनान र गाजामा थप २३० क्षेप्यास्त्रहरू प्रहार गरेको दावी गरेको छ ।

इजरायल डिफेन्स फोर्स(रक्षाबल)ले मंगलबार सामाजिक सञ्जाल प्रकाशनमा लेबनान र गाजा भूभागमा विगत २४ घण्टामा हेजबुल्लाह र हमासका २३० वटा लक्ष्यमा आक्रमण गरेको बताएको छ।

आक्रमणले “दर्जनौं” लडाकुहरू मारेको आइडिएफले दाबी गरेको छ। दक्षिणी लेबनानमा हेजबुल्लाह मानवरहिय उपकरण (ड्रोन )इकाईका तीन कथित केन्द्र हरू सहित लक्ष्यहरूलाई ध्वस्त बनाएको जनाएको छ ।

गाजा भूभागको उत्तरमा रहेको जबलिया क्षेत्रमा लडाई जारी छ भने तीव्र इजरायली बमबारी र व्यापक खाली गर्ने आदेशहरू अन्तर्गत रहेको एबिसीन्यूजले उल्लेख गरको छ । हजारौं सर्वसाधारणलाई विस्थापित गरिएको” बताएको छ । सर्वसाधारणहरूमध्ये दर्जनौं आतंककारीहरूलाई पक्राउ गरिएको छ।

उक्त क्षेत्रमा भएको आक्रमणमा अन्य १० लडाकु मारिएका छन्।

प्रतिक्रिया