एशियन हाइवे पथरी सडक–खण्ड सुविधा सम्पन्न हुनु पर्नेमा जोड

इनेप्लिज २०८१ कार्तिक ५ गते १०:५१ मा प्रकाशित

पथरी, ५ कार्तिक

एशियन हाइवे निर्माणमा पथरी शनिश्चरे क्षेत्रमा बाटो सागुरो भएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ । पथरी शनिश्चरे वडा नं. १ का पुर्व वडाध्यक्ष बाबुराम एङदेनले ड्रेन,फुट्पाथ,सर्भिसलेन बेगरको कस्तो एसियन हाइवेको डिजाइनहो यो ? भनेर चासो ब्यक्त गर्नु भएको छ ।

पुर्व वडाध्यक्ष एङदेनले हालका जनप्रतिनिधीले चासो नदिएको भन्दै सम्पुर्ण संघ संस्था सरोकारवाला र जनताले यस विषयमा चासो नदेखाए नगर बिष बर्ष पछि पर्ने बताउनु भएको छ । कार्तिक ३ गते पथरी उद्योग वाणिज्य संघको आयोजनामा एसियन हाइवे (पथरी खण्ड निर्माण) स‌म्बन्धी सर्वपक्षीय सर्वदलीय भेलामा पथरी शनिश्चरे नगरका वडाध्यक्षहरु के बोल्ने के नबोल्ने अनबिग्य र दुबिधामा देखियोको बताउनु भएको छ ।

पुर्व वडाध्यक्ष एङदेन सामाजिक संजालमा लेख्नु हुन्छ “कार्यक्रममा पथरी शनिस्चरे कार्यपालिका यो विषयमा अनबीज्ञ रहेको कुरा प्रस्टियो । एकका अध्यक्ष सबै मैले गरिरहेको छु, नजिकबाट आयोजना अधिकारीहरु सङ्ग सम्पर्क छ मापदण्ड अनुसारनै बन्छ भन्दै हुनुहुन्थ्यो, नौ का अध्यक्ष यो बाटो कुनै हालतमा मापदण्ड अनुरुप नबन्ने भयेकोले खबरदारी गर्नु पर्छ भनी बस्दा अन्य वडाअध्यक्षहरु बिसय अनबिग्य भयेकोले के बोल्ने के नबोल्ने दुबिधामा देखियो । कार्यपालिकालाई मेरो बिनम्र अनुरोध छ, सजक र सतर्क रहनुहोस समग्र प स को जिम्मेवारी तपाइहरु सङ्गछ। मेरो वाड पर्दैन भनेर भाग्न पाउनुहुन्न २४ वटा देसको मान्छे हिडन्ने र जोड्ने एसियन हाइवे हो यो, एक जना बिराउने साखा पिराउने होला, काकडभिट्टा देखि चपायेको गुट्का थुक्ने ठाउहोलानि फेरि, कसरी हुन्छ,के गरेर हुन्छ, कम्तीमा उर्लाबारी, बेलबारी, सुन्दरहरैचामा जुन मापदण्ड अनुसार बन्छ सोही अनुसार पथरी सनिस्चरेमा पनि बन्नु पर्छ र बनोस भन्ने हाम्रो जोडदार माग हो” ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य युवराज बास्कोटाले पूर्वको सुनझोडा देखि पश्चिमको मोरङी खोला सम्मको क्षेत्रलाई पथरी खण्डको रूपमा स्तरोन्नति गर्नुपर्ने, फुटपाथ र ड्रेनको सुव्यवस्था सहित कमसेकम जाँते–पथरी बजार प्रवेशद्वार आकाशे पुल निर्माण हुनुपर्ने र यसका लागि पथरी शनिश्चरे नगरपालिका, तालुकदार परियोजनाको कार्यालय र मन्त्रालयले पहलकदमी लिनुपर्ने बताउनु भयो ।

एसियन हाइवेको वास्तविक्ता के हो भन्ने उदेश्यले पथरी उद्योग वाणिज्य संघले सडक निर्माणको विषयमा आवश्यक सहकार्य गर्न सर्वदलीय र सर्वपक्षीय छलफल चलाएको थियो । स्थानिय नागरिकहरुले निर्माणाधीन एशियन हाइवेको पथरी–खण्डका बारेमा केही गम्भीर चासो राखेका थिए । एशियन हाइवेको पथरी–खण्डमा सागुरिएको विषय जनस्तहसम्म उठेको हुनाले यसको सत्यतथ्यगत बुझ्न राजनीतिक दल, सरोकारवाला सामाजिक एवम् सामुदायिक संघसंस्थाका प्रतिनिधि, सर्वसाधारणको उपस्थिती रहेको थियो ।

सहभागि प्रतिनिधीहरुले स्थानीय सरकारले खेल्नु पर्ने भुमिका र जनप्रतिनिधिहरूको सो नरहेको गुनासो राखेका थिए । सहभागि भएका स्थानियले एसियन हाइवे अन्य क्षेत्रमा जस्तै पथरी शनिश्चरे क्षेत्रमा पनि बाटो फराकीलो हुनु पर्ने रायसुझाव र प्रतिक्रिया दिएका थिए । छलफलमा उपस्थित सम्बन्धित इन्जिनियरले आधिकारिक धारणा राख्न नसके पछि मुख्य मार्ग बनक्षेत्र मापदण्ड बमोजिम बन्ने निस्चित भयेको छ।

२४ वटा देशको मुख्य मार्ग रहेको पथरीको मुख्य चोक (पथरी खोला देखि ट्राफिक कार्यलय अगाडी) मात्र शहरी क्षेत्र र ट्राफिक कार्यलय देखि पुर्वा लाटि खोला सम्मको भाग बन क्षेत्र भित्र राखेकाले उक्त स्थानमा बाटो सागुरो हुनु देखिएको छ । त्यसमा पनि यति ब्यस्त एसियन हाइवेमा ड्रेन,फुट्पाथ,सर्भिसलेन बेगरको डिजाइन बनेको भन्दै आलोचना भएको छ ।

उपस्थित सहभागिको राय सल्लाहा सुझावका आधारमा अध्यक्ष बस्नेतले गर्विलो इतिहास बोकेको पथरीलाई कुनै मानेमा कमजोर आँक्न नहुने बताउनुभयो । इटहरी देखि पूर्व र दमक देखि पश्चिमका पालिका अन्तर्गत शहर बजारमा झैं ६ लाइनको सुविधा सम्पन्न हाइवे निर्माणका लागि वाणिज्य संघले पहल गर्ने बस्नेतले बताउनु भयो ।

कार्यक्रम पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतको अध्यक्षतामा भएको थियो भने महासचिव अशोक राई सञ्चालन गर्नुभएको थियो । कार्यक्रम पथरी उध्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो ।

प्रतिक्रिया