अनुवादक: सुरभि रेग्मी
मर्नु पुर्वमेव एक अन्तिम इच्छा –
एकपल्ट फेरि सबै बन्धन तोडेर ऊ
आफ्ना निर्दोश आँखाका पलकहरु मस्काराले सजाउँछे।
सधै
त्यो अन्तिम घडीमा
शान्त र गम्भीर मन
बोल्न हिच्किचाउँछ।
सम्झना फूलका गुच्छा न हुन्
बुट्टा भर्नु किन पर्यो सम्झनाका क्यान्भास्मा!
तर अन्तर्मनको यात्रामा ऊ भगवानको नगीच पुग्न
संकोच मान्छे किन त?
मनमा तरङ्ग भर्ने ती गाजलु आँखामै दोष छन्
या
मान्छेको नजरियामा
तर उसका रङीन आँखाले
उसको शरीरले बोकेको पापको शोक गर्छन्।
मस्करा सुकेर कक्रक्क परेका
परेलाले उसका सुन्निएका गाजलु आँखाको
घाउ सायदै भर्न सक्थे तर
मस्काराको कहानी
आँसुको समुन्द्र मन्थनपछी
कहाँ टुङिन्छ र!
कसैले कालो जादु गर्या होला यो-
देवदासी शरीर र
कुमारी आत्मा
उसका लागि हरेक रात
अँध्यारा आकृती बनी
उसको मस्तिस्कलाइ जक्ड्छन्।
धेरै सताब्दी पहिले
बिथोलियेको एउटा
मतृवंशीय
पारिवारिक हागा
आज बिभाजीत छ- अनेकौ जात, अनेकौ धर्म।
आज मन्दिर धर्मावलमबीहरुको नभएर
वेश्याको पुण्य धाम बनेका छन्।
आखिर किन कोही मानिसले शोक मनाउन सकेको छैन?
प्रेमको नियमहरु उल्लङघन किन भएछन्?
प्रेमको चरम्बिन्दुमा
उसको कुरुप छालालाई
अनुमानित सतहीताहरुको चेत नभएको हो कि?
यदि भग्वान साक्षी हुनुहुन्छ भने
उनलाई पुण्य मिल्ने नै छ एक दिन।
(यो भारतीय कवियत्री मीना कन्डसमीको ” मस्कारा “कविताको अनुवादित कविता हो। यसमा अनुवादकले शब्दहरु बुन्दा आफ्नै सिर्जनशील सोच प्रयोग गरेकी छन्।)
प्रतिक्रिया