अध्यावधिक गरिएको : फ्लोरिडामा समुन्द्री आंधी मिल्टनको कारण २,२०० हवाई उडान रद्ध ,कम्तिमा ६ वटा विमानस्थल बन्द

इनेप्लिज २०८१ असोज २४ गते ११:४८ मा प्रकाशित

अध्यावधिक गरिएको : फ्लोरिडामा समुन्द्री आंधी मिल्टनको कारण २,२०० हवाई उडान रद्ध ,कम्तिमा ६ वटा विमानस्थल बन्द अमेरिकाको फ्लोरिडा राज्यमा आएको समुन्द्री आंधी मिल्टनको अहिले सम्म २,२०० हवाई उडानहरु रद्ध भएका छन् । साथै कम्तिमा ६ वटा विमानस्थल बन्द गरिएका छन् ।

अहिले सम्म सेन्ट पिट-क्लियरवाटर अन्तर्राष्ट्रिय विमानस्थल,टयाम्पा अन्तर्राष्ट्रिय विमानस्थल, ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थल, ओर्लान्डो स्यानफोर्ड अन्तर्राष्ट्रिय विमानस्थल, पाम बीच अन्तर्राष्ट्रिय विमानस्थल र सारासोटा ब्राडेन्टन अन्तर्राष्ट्रिय विमानस्थल सबै आँधीका कारण बन्द गरिएका छन्।

आपतकालीन सेवाहरूको फ्लोरिडा विभागलले आश्रयस्थलहरूमा नि:शुल्क सवारी उपलब्ध गराउन उबरसँग साझेदारी गरेको बताएको छ। अर्थात् आपतकाल परेका वासिन्दाहरुलाई उबरले निशुल्क आश्रयस्थलसँग पुर्याउने व्यवस्था मिलाईएको छ ।

ट्याम्पामा १ फिट वर्षा भएको छ भने अहिले हावा ९७ माइल प्रतिघण्टा चलिरहेको छ । त्यस्तै लेकल्याण्ड ट्याम्पाबाट करिब ३५ माइल भित्र १० इन्च वर्षा भएको छ। गत बुधवार राति घरको माथि रुख खसेको र पानी भित्र पसेपछि साना बालबालिकासहित १५ जनालाई ट्याम्पा घरबाट उद्धार गरिएको ट्याम्पाका प्रहरी प्रमुख ली बर्काउले बताए।

बिहीबार ट्याम्पाका नगर प्रमुख जेन क्यास्टरले बासिन्दाहरूलाई सडक भित्र बस्न आग्रह गर्दै आँधी समाप्त नभएको चेतावनी दिएकी छन् ।

गत बुधबार मात्रै कम्तिमा ३६ वटा घुम्रपात आएको र दक्षिण फ्लोरिडामा १३३ वटा घुम्रपात (टोर्नाडो )चेतावनी जारी गरिएको थियो। फ्लोरिडाको पूर्वी तटमा रहेको डेटोना समुन्द्रीतट (बीच)मा ८ इन्चभन्दा बढी वर्षाले रातभरि डुबाएको छ । बिहीबार बिहान अचानक बाढी निम्त्याएको सिएनएनले उल्लेख गरेको छ ।

अहिले पनि डेटोना समुन्द्रीतट देखि केप क्यानाभेरलसम्म बाढी र बेजोड हावा चलिरहेको छ। समुद्री आँधी मिल्टन फ्लोरिडाको जमिनमा आए पछि अब श्रेणी १ को आँधीको रूपमा एट्लान्टिक महासागरमा प्रवेश गरिरहेको छ।

फ्लोरिडामा राज्यमा ३० लाख भन्दा बढी ग्राहकहरू बिद्युतबिच्छेदमा परेका छन् । अहिलेसम्म सबैभन्दा बढी प्रभावित समुदायहरू ट्याम्पा खाडी क्षेत्रका रहेका छन्। हार्डी काउन्टीमा ९७ % ग्राहकहरू बिजुलीबाट बन्चित भएका छन् मानटी काउन्टीमा ८५ % ग्राहकहरू पनि बिद्युत बिच्छेदको प्रभावमा परेका छन् ।

के कति क्षति भयो भन्ने बारे अहिले अस्पष्ट रहेको छ । पिनेलास काउन्टीका केही बासिन्दाहरूलाई आँधी मिल्टनको कारण बाढीको पानीबाट उनीहरूको कम्मर भन्दा माथि सम्म पुगेको अवस्थाबाट उनीहरुलाई गरिएको थियो। सेन्ट पिटर्सबर्ग, फ्लोरिडाका शहरका अधिकारीहरूले पानीका नली फुटे पछि शहरभर पिउने पानी सेवा बन्द गरेका छन्।

प्रतिक्रिया