अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा गोप्य रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कोभिड-१९ परीक्षण उपकरण पठाएको पुस्तक लेख्ने पत्रकारको दाबीलाई ठाडै अस्विकार गरेका छन् ।
पत्रकार बब वुडवर्डले आफ्नो आगामी पुस्तक “वार” अर्थात् युद्धमा उनले उक्त दावी गरेका छन्।
पत्रकार वुडवर्डले आफ्नो आगामी पुस्तक “वार” मा तत्कालीन राष्ट्रपति ट्रम्पले पुटिनलाई आफ्नो व्यक्तिगत प्रयोगको लागि कोभिड-१९ परीक्षण उपकरण पठाएको दाबी गरेका छन् । तर ट्रम्पले प्रतिवेदनप्रति आपत्ति जनाए ।
ट्रम्पले ह्वाइट हाउस छाडेपछि पुटिनसँग उनले “सातवटा” दूरवार्ता (फोनकल )गरेको प्रतिवेदनको बिषयलाई लिएर विवाद गरेका छन् ।
वाशिंगटन पोस्ट र सिएनएनका अनुसार पत्रकार बब वुडवर्डले आफ्नो चाँडै बिमोचन हुने पुस्तक “वार” मा ट्रम्प र पुटिनबीचको कथित अन्तरक्रियाको बारेमा लेखेका छन् ।
वुडवर्डले कथित रूपमा ट्रम्पले ह्वाइट हाउस छोडेपछि पुटिनसँग सम्पर्क कायम राख्नेको बारे उनको सूचनाको स्रोतको रूपमा एक अज्ञात ट्रम्पका सहयोगीलाई उद्धृत गरेको एबिसीन्यूजले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
ट्रम्पले एबीसी न्यूजका प्रमुख वाशिंगटन संवाददाता जोनाथन कार्ललाई त्यस्तो नगरेको बताए । “यो गलत हो,” ट्रम्पले वुडवर्डको सूचनाको बारेमा भने ।
“उनी एक कथाकार हुन् ” ट्रम्पले वुडवर्डको बारेमा भने। ट्रम्प अभियानका प्रवक्ता स्टीवन चेउङले वुडवर्डको समाचारलाई स्पष्ट रूपमा अस्वीकार गरे । तिनीहरू “बनाइएका कथाहरू” हुन् ,उनले भने । बब वुडवर्डले बनाएका यी कुनै पनि कथाहरू सत्य होइनन् ,चेउङले एक विज्ञप्तिमा भने।
प्रतिक्रिया