फ्लोरिडामा डरलाग्दो आँधी मिल्टनको कारण १,९०० वटा उडान रद्ध ,हावा हुरीको साथै अहिले सम्म १० वटा घुम्रपात ( टोर्नाडो)

इनेप्लिज २०८१ असोज २३ गते २०:२५ मा प्रकाशित

अमेरिकाको फ्लोरिडामा डरलाग्दो आँधी मिल्टनको कारण १,९०० वटा उडान रद्ध भएका छन् । साथै कम्तिमा ६ वटा विमानस्थलहरु बन्द भएको एबिसीन्यूजले जनाएको छ ।

फ्लोरिडामा मिल्टनको कारण बुधबार देशभर १,९०० भन्दा बढी उडानहरू रद्द गरिएका छन्।

सेन्ट पिट-क्लियरवाटर अन्तर्राष्ट्रिय विमानस्थल, ट्याम्पा अन्तर्राष्ट्रिय विमानस्थल, ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थल, ओर्ल्यान्डो स्यानफोर्ड अन्तर्राष्ट्रिय विमानस्थल, पाम बीच अन्तर्राष्ट्रिय विमानस्थल र सारासोटा ब्राडेन्टन अन्तर्राष्ट्रिय विमानस्थल सबै आँधीका कारण बन्द भएका छन्।

बुधबार दिउँसोसम्म फ्लोरिडाका २४ % इन्धन चौकी(ग्यास स्टेशन )हरुमा इन्धन नभएको ग्यासबडी संस्थाले जनाएको छ ।

फ्लोरिडाका गभर्नर रन डि स्यान्टिसले बुधबार इन्धनको अभाव नभएको माग उच्च भएको बताए । उनले केही इन्धन चौकीहरु (ग्यास स्टेशन)हरू इन्धन सकिएको उनले बताए ।

समुन्द्री आँधी मिल्टन राति ९ बजेको बीचमा जमिनमा पुग्ने पूर्वानुमान गरिएको छ। ११ बजे राती बुधबार सारासोटा नजिकै ट्याम्पाको दक्षिणमा श्रेणी ३ आँधीको रूपमा जमिनमा पुग्ने जनाईएको छ ।

जमिनमा पुग्ने (ल्यान्डफल)को समयमा ट्याम्पा क्षेत्रमा १०० माइल प्रतिघण्टा भन्दा बढि शक्तिशाली हावा चल्ने अनुमान गरिएको छ। कम्तिमा १० वटा घुम्रपात ( टोर्नाडो) आएको एबिसीन्यूजले बताएको छ ।

एउटा टोर्नाडो ग्लेड्स काउन्टीमा अन्तरराज्यीय ७५ राजमार्ग पार गर्दै देखिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया