न्यूयोर्कका नगर प्रमुख एडम्सको भ्रष्टचार काण्ड बीच पूर्व नगर सभाका अधिकारीलाई बाधा अड्चनको साथै प्रमाण नष्ट गरेको आरोपमा पक्राउ

इनेप्लिज २०८१ असोज २२ गते १७:३८ मा प्रकाशित

न्यूयोर्कका नगर प्रमुख एरिक एडम्सको भ्रष्टचार काण्ड बीच पूर्व नगर सभाका अधिकारीलाई बाधा अड्चनको साथै प्रमाण नष्ट गरेको आरोपमा पक्राउ गरिएको छ ।

मोहम्मद बहीले गत सोमबार एडम्स प्रशासनमा आफ्नो जागिरबाट राजीनामा दिएका थिए । एडम्सको प्रशासनमा आफ्नो जागिरबाट सोमबार राजीनामा दिएका मोहम्मद बहीलाई नगर प्रमुख र उनको अभियानको अनुसन्धानमा अवरोध गरेको आरोपमा मंगलबार पक्राउ गरिएको छ ।

बहीले सोमबार आफ्नो राजीनामा नहुँदासम्म एडम्स प्रशासनको सामुदायिक मामिलाहरूमा वरिष्ठ सम्पर्कको रूपमा सेवा गरेका थिए । उनीमाथि साक्षी हेरफेर र प्रमाण नष्ट गरेको अभियोग लगाइएको छ ।

आपराधिक उजुरीका अनुसार बहीले एडम्स अभियान दाताहरूलाई एफबीआईलाई झूट बोल्न भनेको र गुप्तचरहरू उनको घर खोज्न आइपुग्दा उनको घुम्तीयन्त्र (फोन)बाट अर्को एक सन्देश अनुप्रयोग (मेसेजिङ एप )सिग्नल मेटाएका थिए ।

पहिले, बहीले कथित रूपमा एडम्सको नगर प्रमुख अभियानको लागि २०२० कोषको आयोजना गरेका थिए ।

बहीले कथित रूपमा “साक्षीहरूलाई झूट बोल्न र प्रमाण नष्ट गर्न निर्देशन दिएर संघीय आपराधिक अनुसन्धानमा बाधा पुर्याए ,” अमेरिकी सरकारी अधिवक्ता डेमियन विलियम्सले एक विज्ञप्तिमा भने।

बही मंगलबार पछि अदालतमा हाजिर हुनेछन्। आपराधिक अभियोगको सामना गर्ने एडम्स न्यूयोर्क शहरका पहिलो नगर प्रमुख हुन्।

उनले घूसखोरी र जालसाजी लगायतका धेरै आरोपहरूमा आफू दोषी नभएको बताउदै आएका र नगर प्रमुखको पद छोड्न अस्वीकार गरेका छन्।

प्रतिक्रिया