अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार यदि डेमोक्र्याटहरू ह्वाइट हाउसमा रहे भने यो “अन्तिम चुनाव” हुन सक्ने चेतावनी दिएको सिएनएनले जनाएको छ ।
उनले चुनावको दिन भन्दा ठीक ३० दिन अघि विस्कन्सिन मतदाताहरूलाई आफ्नो आवाज यसरी उच्च बनाए ।
उपराष्ट्रपति कमला ह्यारिसको आर्थिक र अध्यागमन नीतिको सम्भावित प्रभाव विरुद्ध चेतावनी दिँदै ट्रम्पले आमसभामा सहभागीहरूलाई भने,यदि तपाईहरु अझै चार वर्ष जानुभयो भने तपाईहरु कहिल्यै पुन :प्राप्त गर्न (रिकोभर )सक्नु हुन्न।
उनले अगाडी भने वास्तवमा कतिपयले फेरि कहिल्यै चुनाव नगर्ने भनिरहेका छन् । यो तपाईहरुको अन्तिम चुनाव हुनेछ, र म यो निश्चय गर्न सक्छु ।
यता बिश्वकै धनाढ्य इलन मस्कले गत शनिबार पेन्सिल्भेनियामा ट्रम्पको र्यआम सभामा यस्तै टिप्पणी गरेका थिए । यदि मतदाताहरूले आफ्नो मत हाल्दैनन् भने यो अन्तिम चुनाव हुनेछ,उनले भने ।
प्रतिक्रिया