अध्यावधिक गरिएको : अमेरिकामा आएको समुन्द्री आँधी हेलिनबाट मृत्यु हुनेको संख्या कूल २१५ पुगेको एसोसिएटेड प्रेसले जनाएको छ ।
हेलिन सन् २००५ मा आएको क्याट्रिना पछि सबैभन्दा घातक मुख्य भूमिमा आएको आँधी भएको छ। अमेरिकाको नर्थ क्यारोलाइमा ४० हजार भन्दा बढीले विपद् सहायताको लागि आवेदन दिएको ह्वाइट हाउसले जनाएको छ ।
संघीय आपतकालीन व्यवस्थापन सँस्थाले राज्यमा जीवित भएकाहरुलाई ६.२ मिलियन भन्दा बढी भुक्तान गरेको व्हाइट हाउसले बताएको छ ।
नर्थ क्यारोलाइना आशभिल क्षेत्रमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । राष्ट्रपति जो बाइडेनले बिहीबार हेलिन आँधीबाट भएको क्षतिको सर्वेक्षण गर्न यात्रा जारी राखेका छन् । बाइडेनले फ्लोरिडामा प्रभावित समुदायहरूमा हवाई भ्रमणमा भाग लिए र घरहरू ध्वस्त भएका परिवारहरूसँग भेटे गरेका छन् ।
जर्जियामा आँधीका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको गभर्नर ब्रायन केम्पले बिहीबार बताए सवाना क्षेत्रमा जेनेरेटर( उत्पादक उपकरण)बाट कार्बन मोनोअक्साइड विषाक्तताका कारण तीन जनाको मृत्यु भएको उनले बताए।
यसै गरि जर्जियामा दुई हजार राष्ट्रिय सुरक्षाकर्मीहरु राज्यभरि तैनाथ गरिएको छ ।
प्रतिक्रिया