डिसी क्षेत्रमा हुने दशैं तिहार महोत्सव २०२४ मा पहिलो पटक प्रत्यक्ष दोहोरी हुने -शान्ति भण्डारी तथा रमेश परिवारको बिशेष प्रस्तुति हुने

इनेप्लिज २०८१ असोज १४ गते २३:४८ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना हुने दशैं तिहार महोत्सव २०२४ मा यस बर्ष पहिलो पटक प्रत्यक्ष दोहोरी हुने भएको छ । उक्त दोहोरीमा हाल मेरिल्याण्ड क्षेत्रमाइ बसोबास गर्ने र नेपालीकी चर्चित लोक दोहोरी गायिका शान्ति भण्डारी तथा लोकप्रिय लोक दोहोरी गायक रमेश परिवारको प्रस्तुति हुने छ ।

साथै उक्त प्रत्यक्ष दोहोरीमा अमृत रामदम ,खेम मसराङ्गी मगर तथा कमल सौरागले साथ दिनेछ ।

गत बर्ष अपार सफलताको साथ सम्पन्न भएको महोत्सव यस बर्ष आगामी अक्टोबर ५ शनिबारका दिन हुनेछ । डिटी फेस्टिभल अर्थात् दशैं तिहार महोत्सव २०२४ नेपाली संस्कृति, कला, संगीत, र समुदायको सबैभन्दा ठूलो उत्सवको रुपमा मनाइने तयारी गरिने भएको छ ।

यो बर्ष समेत यो महोत्सव तेश्रो संस्करण हो । यस बर्ष पनि उक्त महोत्सव प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स मनासस आयोजना हुनेछ। गत बर्ष ४,५०० जना मानिसहरुको प्रभावकारी उपस्थिति रहेको थियो भने २०२४ मा पनि अहिलेसम्मकै सबैभन्दा ठूलो र सबैभन्दा सम्झनलायक नेपाली भेला बनाउने आयोजकले संकल्प गरेका छन् ।

उक्त महोत्सवमा प्रवेश गर्न १५ डलर तथा बिशेष टिकट(भिआईपि)को लागि १०० डलर राखिएको छ । स्मरण रहोस ,उक्त टिकट खरिद गरे पछि त्यसैले राती १० बजे सम्म मनोरंजन लिन सकिने छ । अर्थात् सांगीतिक कार्यक्रम अन्तर्गत प्रमोद खरेल ,मिलन नेवार ,निमा रुम्बा लगायतका कार्यक्रमहरु हेर्न पाइने छ ।

तर खानेकुराको सवालमा सहभागी हुनेले सबैले आफ्नो इच्छा अनुसार आफ्नै खल्तीबाट थरिथरिका ८४ व्यंजन खानेकुराहरु बारम्बार खान सकिने छ ।

डिटीफेस्ट २०२४ अर्थात् दशैं तिहार महोत्सव २०२४ नेपाली संस्कृति, कला, संगीत, खाना, र हस्तकलाको जीवन्त उत्सव हो। गत बर्ष पनि सफलतापूर्वक दशैँ तिहार मेला सम्पन्न गर्न सफल भएको आयोजक ३-ई इन्टरटेन्टमेन्ट रहेको छ ।

यस बर्ष महोत्सवमा रंगीन चङ्गा महोत्सव, प्रेरणादायी कला प्रदर्शनीहरू, विभिन्न विक्रेताहरूबाट परम्परागत नेपाली भोजनका परिकार , हस्तकला, कपडा बिक्रि वितरण लगायत बिगत झैँ नेपालका प्रसिद्ध कलाकारहरूको प्रस्तुती रहने छ ।

कार्यक्रमको बिस्तृत जानकारी यस प्रकार छ :

मिति: ५ अक्टोबर २०२४
समय: दिउँसो १२ बजे देखि राति १० बजे सम्म
स्थान: प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स, 10624 डमफ्रिज रोड, मनासस, VA 20112

थप जानकारीको लागि आधिकारिक वेबसाइट www.dtfest.com मा थिच्नु होला ।

प्रतिक्रिया