नेपालमा चियाखेतीको इतिहास कस्तो छ त

इनेप्लिज २०८१ असोज १० गते २३:१० मा प्रकाशित

नेपालमा चियाखेतीको इतिहास निकै पुरानै छ । नेपालमा चिया खेती हुन थालेको डेढ शताव्दी भइसकेको छ । वि.सं. १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरुप प्राप्त भएको चियाको विरुवा इलामा रोपेपछि नेपालमा नेपालमा चियाखेतीको सुरुवात भएको हो । कर्णेल थापा जंगबहादुर राणाका ज्वाई हुन् । थापाले जंगबहादुरकी जेठी छोरी वदनकुमारीसँग बिहे गरेका थिए । चिनिया सम्राटबाट उपहारमा प्राप्त भएको चियाको बिरुवा जंगबहादुरको आदेश इलामका तत्कालिन बडाहाकिम तथा कर्णेल गजराजलाई भएपछि नेपालमा चिया खेतीको औपचारिक सुरुवात भएको देखिन्छ ।

थापाले वि.सं. १९२० मा इलाम चिया कमान र त्यसको २ वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेती बिस्तार हुँदै गयो । यही समय भारतको दार्जिलिङमा पनि चिया खेती प्रारम्भ भइसकेको थियो । भारतमा चिया खेती फस्टाइरहँदा नेपालमा भने जहाँनिया राणा शासनका अगाडि चिया खेती फस्टाउन पाएन । तर त्यही समय दार्जिलिङको चिया खेतीले भने व्यापकता पाउँदै गयो र ब्राण्ड नै स्थापित गर्यो ।

प्रतिक्रिया