अत्यन्तै ताजा समाचार; जीउ नै सिरिङ्ग हुने : नरेश भट्टले १०-१२ भन्दा बढी ठाउँमा रद्धी पोकाहरु लगेर छोडेको  प्रमाण प्रहरीद्वारा अदालमा पेश, जुलाई १७ पछाडि देखि टेस्लाको तॅथ्याक मेटाएको र धरौटी अस्विकार 

इनेप्लिज २०८१ असोज ४ गते २१:०८ मा प्रकाशित

ममता काफ्लेको शव लुकाएका आरोपी नरेश भट्ट अदालतमा उनका वकिलद्वारा उनि धरौटीमा निस्कन पाउँ भन्दै अदालतमा दिएको निवेदनमा सुनुवाईमा हाजिर भए पछि आङ्ग नै सिरिङ्ग हुने खुलासा प्रहरीले प्रमाणहरु पेश गरेको छ ।

न्यायाधिशले नरेश भट्टका वकिलले धरौटीमा छुटन पाऊ भनि हालेको  निवेदनलाई न्यायाधिशले अस्विकार गरि दिएका छन्।

उनले रद्धी टोकरीमा फ्याकेका पोकाहरु पछि त्यो उठायो या  उठाएन भनेर जाच समेत गर्न गएको प्रहरीले श्रव्य दृश्य ( भिडियो ) फेला पारेको प्रमाण अदालतमा पेश गरेको त्यहा उपस्थित भएकाहरुले जानकारी दिएका छन्।

उनले फ्याकेको रद्धी झोला ( ट्रयास व्याग)फल्स चर्च, लाउडन काउन्टीको लिबर्टी ग्यास(इन्धन चौकी) मा समेत जाचॅ गरेका थिए । तर उक्त रद्धि झोलामा के थियो भन्ने बारेमा खुलाईएको छैन। उनले रद्धि पोको फ्याक्न आफ्नो टेस्ला गाडी प्रयोग गरेको र छरछिमेकको रद्दी टोकरीमा फ्याकेका थिए ।

साथै उनि जुलाई २८ मा घटना हुनु अगाडी बाल्टीमोर समेत गएको र त्यही राती घर आएका थिए।

नरेश भट्ट कैदीको पोशाक मै उपस्थित भएका थिए। उनि धरौटीमा प्रशस्त प्रमाण र ममताको शव पनि फेला नपरेको अवस्थामा नरेश भट्ट हिरासतबाट नछुटुन भन्दै खबरदारी गर्दै नेपाली समूदाय सहित अन्य समूदायहरु अदालत पुगेका थिए।

सेप्टेम्बर २० शुक्रवारका दिन भर्जिनियाको प्रिन्स विलियम काउन्टीको अदालतमा धरौटी मुद्धामा निकै लामो बहस भएको छ ।

ममता तिम्रो हामी आवाज हौ ,तिम्रो साथमा छौ ,हामी एकढिक्का छौ जस्ता नाराहरुको आह्नान गर्दै ममताको न्यायकालागि भन्दै सबैजना रातो पहिरनमा सहभागिता भएका थिए।

बिगत अगस्त १ देखि बेपत्ता भै रहेकी ममता काफ्लेको मुद्धाको कानुनी छलफल तथा परीक्षण डिसेम्वर ९, २०२४ देखि सुरु हुने भनिएको छ । 

गत सेप्टेम्बर १६ बिहान ९ बजे भएको सुनुवाईमा नरेश भट्टका वकिलले माग गरेको श्रव्य दृश्य ( भिडियो)बुझाउनुको साथै डिसेम्वर ९,१०,११ र १६,१७ र १८ का दिन नरेश भट्टलाई परीक्षण (ट्रायल )गरिने भएको न्यायाधिशले फैसला सुनाएका थिए।

प्रतिक्रिया