“ अब नाँच्छ अमेरिका “ भन्ने कार्यक्रम अन्तर्गत भर्जिनियाको अस्तिको कार्यक्रम हेर्न गएको थिंए । यो कार्यक्रम त जसरी पनि हेर्छु भन्ने थियो । धन्न अरूबेला जस्तो अंन्तिममा कहिले पाहुना आएर , कहिले अरू कार्यक्रम जुधेर जान नपाए जस्तो भएन। छुटेन् !
कार्यक्रम एकदम उत्कृष्ट , सभ्य र मनोरंन्जनले भरीपुर्ण थियो । खासमा कार्यक्रम त “अब नाच्छ भर्जिनिया “ भनेको हो क्यार , ओहो त्यो रात त भर्जिनिया नाचेन मात्र , दिल खोलेर हाँस्यो लगभग डेढ महिना पछि ।
बबाल हौ बबाल , माहोल आगो नै लगाए नेपाली चेलीहरू शान्तीश्री परियार , रचना रिमाल , ज्योती मगर र करिश्मा ढकालले अस्ति त मनासस भर्जिनियामा । स्टेज तताउन त निक्कै सिपालु भई पो सकेका रहेछन् हाम्रा चेलीहरू पनि ! माने मैले त । कार्यक्रम शुरू भएदेखि अंन्तिमसम्म लगातार ४ घण्टा नाच्दै , गाएर सबैलाई नचाउनुसम्म नचाए । जुन चानचुनै काम चाहीं हैन । सबैजना यस्ता हँसिला, रसिला र प्रतिभाशाली रहेछन् । एक रत्ति कोही पनि थाकेको देखिन ।
लगभग ८-९ सय दर्शक , ससाना नानीहरूदेखि पाका उमेर समुहका बाआमासम्मको उपस्थिति थियो । खुट्टा टेक्ने ठाउँ बाँकी थिएन हल भित्र खचाखच भरीएर , अनि बाहिर पट्टी खाने ठाउँमा तेस्तै कोही मोमो. कोही. सेल अचार, पानीपुरी, हाँस , कुखुराको छोएला आदी धमाधम खाई रहेका र एक कुनामा नेपाली कपडाको स्टल पनि थियो र सामान किन्दै थिए केही चाहीं ।
माने मैले त । कार्यक्रम शुरू भएदेखि अंन्तिमसम्म लगातार ४ घण्टा नाच्दै , गाएर सबैलाई नचाउनुसम्म नचाए ।
कार्यक्रम हेरिसकेपछि दिलै देखि धन्यवाद भन्न मन लाग्यो । यति राम्रो कार्यक्रम जसले अस्ति हेर्न छुटाए । साँच्चै भन्दा तिनीहरूले गीतको तालमा नाच्ने मात्र हैनकी दिल खोलेर हाँस्दै रमाउन मौका पनि छुटाए नै । उत्कृष्ट थियो ।
खासमा आजकल दुई दशक अगाडी जस्तो बर्षको दुईवटा जति नेपाली कार्यक्रम मात्रै हुँदैन । हप्तैपिच्छे केही न केही भई रहेकै हुन्छ । कतै आकल झुकल यसो गईन्छ पनि तर प्राय: गईन्न नै । आजकल पहिले जस्तो तेती नेपाल याद पनि आउन्न । कारण हातहातमा ईन्टरनेट छ । नेपालको खबर तुरून्तै थाहा हुन्छ । के नै खुसी हुनै पर्ने नँया नौलो छ र नेपालतिर पनि तेस्तो हुरूक्कै हुनु पर्ने । विदेशिएकालाई आफ्नो जन्मभूमी सधैं प्यारो र माया लाग्छ तेत्ती हो !
अस्तिको कार्यक्रम म हेर्न गएको चाहीं नेपाली चेलीहरूलाई प्रोत्साहन गर्न थियो । यो कार्यक्रम अगष्ट २३ तारीखमा हुने पक्का थियो । तर एक अप्रत्यासित दुखत घटनाले ( अगष्ट १ तारीखको दिनदेखि यो कार्यक्रम हुने स्थल मनासस शहरबाट नै एक होनहार नेपाली चेली ममता काफ्ले हराईन् । उनी के हराईन यँहा भर्जिनियाबासीको त हाँसो नै हरायो । तीजले छोपेको थियो । सबैतिर तीज लाग्यो । भर्जिनियालाई यसपाली तीज लागेन । सबै रमाउने कार्यक्रम रद्द गरीयो।) गर्दा अगष्ट २३ तारीखमा स्थगित गरिएको कार्यक्रम अस्ति सेप्टेम्बर १४ तारीख दिन पुन: भयो ।
अझ त्यो भन्दा बेसी भर्जिनियामा यो कार्यक्रम दर्शक माझ ल्याउने आयोजकहरू , स्पोन्सरहरू निदेश अधिकारी , गणेश पाण्डे, बिजय बगाले , आशिष संग्रौला , प्रशन्न संग्रौला , बिशाल कार्की आदी सबैलाई धन्यवाद दिन पनि हेर्न गएको थिंए । ओहो उँहाहरू ममता काफ्लेको केसको सत्यतथ्य पत्ता लागोस् र उनको न्यायको लागि सडक देखि पुलिस चौकी , अदालतसम्म दिनरात नभनि अझै पनि कुदिरहनु भएको छ ।
भर्जिनियाका नेपालीहरू प्राय: रमाईलो र सुखमा जुटेको त सधैं देख्थे । यो पटक त दुखको घडीमा यसरी जुटेका छन् । शायद यस पटक सबैलाई ओहो, आपत बिपतमा त विदेशमा हामी नेपाली एकजुट हुनै पर्ने रहेछ भन्ने महशुस भयो जस्तो पनि लाग्दैछ । अब नफुटौं, सुख / दुखमा सधैं जुटौं ।
अस्तिको कार्यक्रमको बारेमा लेख्नु पर्दा बेलुकाको सात बजे कार्यक्रम शुरू हुन्छ भनिएको थियो । ठ्याक्कै सात बज्नेसाथ नै शुरू भयो । उद्धघोषिका आईशा आचार्यले कार्यक्रमको बारेमा छोटो मिठो परिचय दिएपछि गायीका रचना रिमाल आईन । डेढ घण्टा बिभिन्न गीत हाँस्दै , दर्शकलाई नचाउँदै गाईन् ।
उनलाई पहिलो पटक “ नेपाल आईडल “ कार्यक्रममा भाग लिंदा देखेको , भोट पनि हालेको थिंए । ओहो प्रत्यक्ष स्टेजमा अगाडी गाएको देख्दा निक्कै निखारीएकी गायीका भई पो सकिछिन त । स्वर मिठो , साथै बिच्च बिच्चमा मिठो संम्बाद दर्शकहरूसँग र स्टेज वरीपरीका दर्शकलाई पालेपालो हेर्दै कसरी मनोरंन्जन दिने सबै जान्ने रहिछन् ।
उनीपछि गायीका शान्ती श्री परियार गाईन् । यिनी पनि उस्तै हँसिली र पुरै स्टेज कन्ट्रोल गर्न सक्ने रहिछिन् । एक घण्टा ८-१० वटा गीत गाईन् । ओहो, पपुलर गीतहरू अरेली कांडैले , पछ्यौरी च्यातियो तिम्ले तानेर आदी त निक्कै सुनेको थिंए । उनी नै पो रहिछन् गाउने त ! जे होस् आफु पनि नाच्दै गाएर सबै दर्शकलाई निक्कै नचाईन ।
आपत बिपतमा त विदेशमा हामी नेपाली एकजुट हुनै पर्ने रहेछ भन्ने महशुस भयो जस्तो पनि लाग्दैछ । अब नफुटौं, सुख / दुखमा सधैं जुटौं ।
उनी पछि करिश्मा ढकाल नाच्न आईन । डिनर नखाई आएको , भोक पनि लागि रहेको थियो । हलको बाहिर पट्टी रहेको खाना बेच्ने ठाउँमा मोमो, सेल र अचार खाँदै करिश्माको नाच तेंही रहेको टिभीमा हेरें ।
मोमो स्वादिलो तर बाहिर बेरेको पिठो कभर धेरै पाकेर पुरै फुटेको थियो । धेरै ग्राहक भएर सम्हाल्न गार्र्हो भयो भन्लान् । तर पुरै पैसा तिरेको ग्राहकलाई आधा सेवा त दिनु भएननी , की कसो ? यो गुनासो भन्दा पनि मेरो सुझाव मान्दा हुन्छ !
अनि ज्योती मगरको प्रस्तुतीको पालो आयो । हल भित्र पसेर हेर्न कुदें । उनले पनि बेजोड प्रस्तुती दिईन् । खै उनको बारेमा त धेरै नेपालीले छाडा गाउने आदी भन्ने रहेछन् । यही कार्यक्रमको सुचना राखेको साथीहरूको फेसबुक , टिकटक पोष्टहरूमा उनको बारेमा अत्यन्त घटिया , तुच्छ , नीच किसिमले लेखेको कमेन्टहरू देखेको थिंए। “ जो जस्तो छ उसको सोच तेस्तै “ हो । मत उनको ठुलो फ्यान । पहिलो पटक प्रत्यक्ष कार्यक्रम हेर्न पाएँ । अति खुसी लाग्यो ।
बरू , ओहो , पहिलो गीत त दशैंमा घर जान नपाएको पीडावाला गीत गाएर उनले त विदेशिएका हामी सबैलाई एकछिन भावुक पो बनाईन । प्रस्तुती उनले उफ्रेर गरिरहँदा अमेरिकन गायीका टिना टर्नर , मडोना आदी पो झलझल्ती याद दिलायो । उनी राम्रो गायीका साथै वरीपरी रहेका सबै दर्शकहरूको ध्यान आफुतिर तान्न सक्ने , पुरै स्टेज कन्ट्रोल गर्न सक्ने कुशल क्षमता भएकी प्रस्तोता रहिछन् भन्ने लायो । त्यो दिन उनले लगाएको जस्तो ड्रेस त कार्यक्रम हेर्न आउने कैयौं दिदी बहिनीले पनि लगाएर आएका नै थिए । समग्रमा पहिलो पटक हेरेको सबैजनाको प्रस्तुती स्टेजमा , सबै कोही भन्दा कोही कम लागेनन् ।
कार्यक्रम हेरेर रमाउँदै थिंए । “ मिठो गाँसमा ढुंगा “ परे जस्तो भयो । हाम्रो नजिकबाट एकजना युवालाई दुईतिनजना सेक्युरीटी गार्ड आएर झ्याप्पझुप्प पारेर बाहिर लगेको देखें । “नेपाली केटाहरू र अल्कोहल “ कहिल्यै नमिन्ने क्या । लफडा निकाली हाल्छन् । के ठेगान , सबै पिएका छन् वरीपरी , कतै लडाईं गर्न थाले भने । बस्न ठिक छैन अब , हेरी सकियो धेरै प्रस्तुती साथै ३-४ घण्टा उभिएर खुट्टा पनि फतक्कै गलेको थियो । समय राती साढे दश बजिसकेको निक्लेर घर तिर लागें ।
अनि ज्योती मगरको प्रस्तुतीको पालो आयो । हल भित्र पसेर हेर्न कुदें । उनले पनि बेजोड प्रस्तुती दिईन् । खै उनको बारेमा त धेरै नेपालीले छाडा गाउने आदी भन्ने रहेछन् ।
दोष पिउनेको पनि हैन् । साथीभाईसँग रमाईलो गर्दागर्दै धेरै पिएको पत्तै पाउँदैनन् । नशा लागेपछि राम्रो मान्छे पनि बेहोश , अनि बेहोशी तालमा जे पनि हुन सक्छ भन्न सकिन्न ।
अन्त्यमा , फेरी पनि यति राम्रो कार्यक्रम गरीदिएर भर्जिनियाबासीको अनुहारमा धेरैपछि हाँसो ल्याईदिएकोमा सबैलाई धन्यवाद !
शशी के.सी
लेखिका
प्रतिक्रिया