धनगढी,असोज १ ÷कैलाली जिल्लाको दुर्गम पहाडी गाउँपालिका मोहन्यालका जनताले बर्षौं देखि यातायात सुविधा पाउन सकेका छैनन् ।
सुगम जिल्लाको दुर्गम पहाडी गाउँपालिकाका जनताले हिउँदका पाँच महिना बाहेक अरु समयमा भने सवारी साधन चढ्न पाउँदैनन् ।
बर्षातको समयमा चिसापानी—सोल्टा, सिमली पण्डौन सडक खण्ड बर्षातका कारण खहरेमा परिणत हुने गरेका कारण मानिसहरुले कष्टकर जीवन यापन गर्नु पर्ने बाध्यता एकातीर छ भने अर्कोतीर बर्षातको बेलामा स्थानीय खोलामा आउने बाढीमा परेर अकबाल्मै ज्यान गुमाउँदै आउनु परेको स्थानीय रमेश सापकोटाले बताएका छन् ।
कैलाली जिल्लाको चिसापानी हुँदै उत्तर तर्फ जाने सडक खण्डको अवस्था हेर्नेहो भने निकै कहाली लाग्दो अवस्थामा रहेको छ । अछाम दैलेख,कालिकोट,जुम्ला,हुम्ला,पश्चिम सुर्खेत लगायत दुर्गम पहाडी जिल्लाका मानिसहरुले सदियौं देखि पैदल यात्रा गर्दै आईरहेको सो मार्ग निर्माणले पूर्णता नपाएका कारण सो क्षेत्रका जनताले निकै शास्ती खेप्नु परिरहेको छ मानिसहरु विरामी पर्दा समेत मानिसनै एम्वुसेन्स बन्नु पर्ने बाध्यता एकातीर छ भने अर्कोतीर विरामीलाई अस्पताल पुगाउन नपाउँदै मृत्यृुवरण गर्नु पर्ने बाध्यता रहेको छ ।
जनताले चरम शास्ती खेप्न बााध्य भएपछि तीनै तहका सरकारको उचित ध्यानाकर्ष र दवाव सिर्जना गर्नका लागि स्थानीय युवा नेता,सञ्चारकर्मी वीरेन्द्र रावलको संयोजन ,व्यवसायी एवं नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य सूर्य बहादुर थापाको आर्थिक र प्राविधीक सहयोगमा चिसापानी देखि बाँका सम्मका असहज खाल्डाखुल्डी समेत मर्मत गर्ने र बाटो सरसफाई गर्ने कार्य सम्पन्न भएको छ ।
सो अवसरमा नेकपा एमाले लम्की चुहा र मोह
न्यालका स्थानीय कार्यकर्ताहरुको सहभागितामा बाटो सरसफाई थालिएको हो ।राज्यले मोहन्यउाली जनताको विकास निर्माणको सवालमा खासै चासो नदिएका कारण आफुहरुले व्यक्तिगतखर्चमा भएपनि बाटो निर्माण गरिएको कुरा एमालेका नेता सूर्य बहादुर थापाले बताएका छन् ।
थापाले भने—राज्यको आखामा पट्टी ,कानमा तेल हालेर कुम्भकर्ण जस्तै सुतेको अवस्थाबाट बिउझाउनका लागि सडक सरसफाई अभियान थालिएको बताएका छन् । बाटो निर्माण भएपछि स्थानीयले केहि राहत महसुस गरेको कुरा यातायात व्यवसायी तर्क सहाीले बताएका छन् । बाटो सरसफाई नहुँदा सवारी सञ्चालन गर्न सकिएको थिएन बाटो सरसफाई भएपछि सवारी सञ्चालन गरिएको समेत शाहीले बताएका छन् ।
दैनिक रुपमा सो मार्ग भएर हजारौं मानिसहरु पैदल यात्रा गर्ने गर्दछन् । सरकारले चलन चल्तीको सो सडक खण्डलाई तत्काल निर्माण गरेर जनताको यातायात चढ्न पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्ने र हरेक बर्ष बर्षातको समयमा जनताले भोग्दै आएका बाटोको समसयालाई समाधान गरिनुपर्ने स्थानीयको व्यापक माग रहेको छ ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया