नेपाल भाषाको म्युजिक भिडियो सार्वजनिक 

इनेप्लिज २०८१ भदौ २९ गते १०:४८ मा प्रकाशित

नेपाली भाषा साहित्य र कला क्षेत्रमा कलम चलाउँदै निरन्तर चार दशकदेखि कविता, गीत, कथा, उपन्यास, हाइकु, तान्का, मुक्तक लगायत साहित्य क्षेत्रमा विविध विषयमा कलम चलाउनुका साथै पचासको दशकदेखि गायन क्षेत्रमा आउनु भएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचना एवं स्वरमा नेपाल भाषाको एल्बम मतिनाया खँ भित्र रहेको नेवारी गीत ”मिखाँ छन्त न्हँयने खन म्हुँटुँ नवा: मफुत” नेवारी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोको गीत अमर म्युजिकमा रहेको छ ।

विश्व कृतिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको उक्त गीतको भिडियोमा रोशन कुमार श्रेष्ठ र निशा श्रेष्ठको अभिनय देख्न सकिन्छ । निर्देशनको निमित्त नेवारी गीत नै किन नहोस् भिडियोको निर्देशन देश नरेश अधिकारीद्वारा गरिएको छ । द लाइफ एक्प्रेस मुवीको प्रस्तुतिमा निर्माण भएको गीत अमर म्युजिकको रहेको छ । बुद्ध सायमीको एरेन्जमा अडियो नेपालमा गीत रेकर्डिङ भएको हो ।

प्रतिक्रिया