आज फेरि ‘सेप्तेम्बेर ११’ को दिन हरेक बर्ष झैँ मुटु दुख्ने ताजा याद बनेर आयो। टि भी खोलेर हेर्छु, देख्छु शुन्यता भित्र हराएका आफन्तका ति रशिला आँखाहरु अनि सुन्छु त्यो कहालीलाग्दो दिनमा ज्यान गुमाएकाहरुलाई चिनाउने नामहरु। अनि देख्छु न्यु योर्क शहरको पहिचानको रुपमा गर्बका साथ उभिएका ति दुइ आकाश छुने अग्ला बिल्डिंगको सम्झना स्वरुप खडा गरिएको, अर्को बिल्डिंग फ्रीडम टावर को नाममा। अनि सुन्छु त्यसको साथमा हजारौ मानिसको समाधिमा बनेको, शान्त बातावरण भित्र अविरल बगिरहेको त्यो झरना को सुमधुर संगीतलाई। अनि देख्छु त्यसका वरिपरि लेखिएका मृतकका नामहरुलाई अनि उनीहरुका आत्माको शान्तिको लागी चढाईएका फूलका गुच्छाहरुलाई। वरिपरिको शान्त बातावरण भित्रभित्रै रोइरहेको छ। निलो आकाश टोलाएर हेरिरहेको छ। सबैका आँखाहरु रसाएका छन्। सुस्तरी बहेको पवन सुसाई रहेको छ। जतिसुकै समय बित्दै जावोस् तर सम्झना भने सधै ताजा हुदो रहेछ।
कति सुन्दर बिहानी थियो त्यो दिन। सबै आ आफ्नो कामतिर लम्किरहेका अनि बिद्यार्थीहरु रमाउदै स्कुलतिर बढिरहेका, अचानक गरिएको त्यो तेरिरिस्ट आक्रमणले सबैलाई स्तब्द बनाइदियो। शुरुमा त् सम्झेका थिए प्लेन क्रेश भनि, तर ठाउँ ठाउँ मा हानिएको प्लेनले तेरेरिष्ट आक्रमण भनि अबगत गरिदियो। अनि भत्किएको त्यो बिल्डिंगको आवाजभित्र जिउदै जलिरहेका कतिपयका निर्दोष पीडादायक चित्कारहरु दबिरह्यो। कतिपय आगोको राप सहन नसकी माथिबाट हाम्फालियो। कालो धुवाको मुस्लोले सुन्दर शहरलाई ढाकिदियो। यत्रतत्र छरिएर डढेका कागजहरु आकाशमाथि उडीरह्यो। चारैतिरको भागदौड को भीडभित्रको कोलाहल यत्रतत्र फैलिरह्यो। कतिपयले आफ्नो ज्यान बाजी राखी अरुलाई बचाउन खोजियो, साथै आफ्नो ज्यान नै गुमाउनु पर्यो।
वरिपरिको शान्त बातावरण भित्रभित्रै रोइरहेको छ। निलो आकाश टोलाएर हेरिरहेको छ। सबैका आँखाहरु रसाएका छन्। सुस्तरी बहेको पवन सुसाई रहेको छ। जतिसुकै समय बित्दै जावोस् तर सम्झना भने सधै ताजा हुदो रहेछ।
अनि जताततै चारैतिर फैलिएको त्यो बिखालु धुवाभित्र कतिपयलाई टुहुरा टुहुरी बनाइदियो। कतिपयका जिबन साथीलाई जिबनको बीच बाटोमै छुटा इदियो। कतिपयका आमा बाबाका काख रित्तो बनाइदियो। बिस्तारै त्यो कहालीलाग्दो दिन बिर्सिएर जीबन अघि बढ्दै गयो, तर आज फेरि त्यो पीडादायक दिन हरेक बर्ष झैँ सम्झना बनि आइदियो।
प्रतिक्रिया