अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसलाई गत मंगलबार राती फिलाडेल्फियामा भएको राष्ट्रपतिको बहसमा उत्तेजनापूर्ण शब्दहरू आदानप्रदान गरे।
९० मिनेटको बहसको करिब १५ मिनेटमा ट्रम्पले वर्तमान उपराष्ट्रपति कमला ह्यारिसका बुबालाई डोनाल्ड जे ह्यारिसलाई जोडे।
“उनी ( कमला ह्यारिस) मार्क्सवादी हुन्, सबैलाई थाहा छ। उनका बुबा अर्थशास्त्रका मार्क्सवादू प्राध्यापक हुन्, उनैले उनलाई राम्रोसँग पढाएका छन् ,ट्रम्पले भने।
ह्यारिसका पिता को हुन्? के उनी मार्क्सवादी थिए ?
डोनाल्ड जे. ह्यारिस जमैका मूलका -अमेरिकी अर्थशास्त्री थिए ।
स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक थिए ।उनी अर्थशास्त्र विभागमा प्राध्यापकको रुपमा काम गरेको र उनि विश्वविधालयका पहिलो अश्वेत विद्वान तथा प्राध्यापक थिए ।
डोनाल्ड ह्यारिस जमैकामा हुर्केका थिए भने बेलायतको लन्डनबाट स्नातक गरेका थिए।
उनले क्यालिफोर्नियाको युसि बर्कलेबाट विधा वारिधी गरेका थिए । जहा उनले कमला ह्यारिसकी आमा श्यामकला गोपालनलाई भेटेका थिए ।
प्रतिक्रिया