सिरियामा इजरायली हवाई आक्रमणमा परि १६ जनाको मृत्यु ,३६ जना घाइते

इनेप्लिज २०८१ भदौ २४ गते ११:०६ मा प्रकाशित

इजरायली हवाई हमलामा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएको सिरियाली सरकारी समाचार संस्थाले जनाएको छ ।

सरकारी सिरियाली समाचार एजेन्सी सानाले जनाए अनुसार गत आइतबार अबेर राति मध्य सिरियामा इजरायली हवाई आक्रमणमा परी एक दर्जनभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइते भएका छन् ।

सानाले सिरियाको मध्य क्षेत्रमा टार्टोस र हामा गभर्नर (राज्यपाल )भवनहरू सहितमा धेरै स्थानमा विस्फोट र “हवाई प्रतिरक्षा गतिविधिहरू” भएको बताएको छ।

हामाका स्वास्थ्य निर्देशक चिकित्सक माहेर अल-युनेसले सानालाई मास्याफ ग्रामीण इलाकामा भएको आक्रमणमा कम्तीमा १६ जनाको ज्यान गएको र अन्य ३६ जना घाइते भएको छ जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताए।

सिरियाली समाचारसँस्था (एजेन्सी)का अनुसार उत्तरपश्चिमी लेबनानको दिशाबाट हवाई आक्रमण सुरु गरेको बताएको छ । साथै मध्य क्षेत्रका धेरै सैन्य स्थलहरूलाई ८:३० बजे भन्दा पहिले स्थानीय समय अनुसार निशाना बनाएको बताएको छ ।

सिरियाली वायु प्रतिरक्षाले केही क्षेप्यास्त्रहरूलाई खसालेको दाबी गरेको छ । हमलाहरूले मास्याफको वादी अल-युन राजमार्गमा क्षति पुर्‍याएको र आगो निभाउनका लागि अग्निनियन्त्रकहरूले काम गरिरहेको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया