यमनका हुथी विद्रोहीद्वारा अमेरिकाको अर्को एमक्यू–९ मानवरहित यान( ड्रोन )खसालेको दाबी गरेका छन् ।
यमनका हुथी विद्रोहीहरूले आइतबार बिहान देशमा उडिरहेको अर्को अमेरिकी-निर्मित एम-क्यु -९ मानव रहित यान( ड्रोन)लाई खसालेको दाबी गरेका छन् ।
बहु-मिलियन डलरको मानवरहित यानलाई खसालेको यो पछिल्लो घटना हो । अमेरिकाले हुथी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण गरेको विद्रोहीले जनाएको छ ।
हुथीको अल-मासिराह भूउपग्रह संचार माध्यमले इब्ब शहर नजिकै धेरै अमेरिकी नेतृत्वको हवाई आक्रमण भएको जनाएको छ । तर अमेरिकी सेनाले तुरुन्तै हमलाहरू स्वीकार नगरेको तर अमेरिकीहरूले जनवरी देखि हुथी लक्ष्यहरूलाई तीव्र रूपमा प्रहार गरिरहेका छन्।
गत अक्टोबरमा गाजामा युद्ध सुरु भएदेखि हुथीहरूले ८० भन्दा बढी व्यापारी जहाजहरूलाई क्षेप्यास्त्र र मानव रहित यानले निशाना बनाएका छन्। उनीहरूले एउटा जहाज कब्जा गरे र दुईवटा जहाजहरु डुबेका थिए । जसमा चार नाविकको पनि मृत्यु भएको थियो।
विद्रोहीहरूले गाजामा हमास विरुद्ध इजरायलको अभियानलाई जबरजस्ती अन्त्य गर्न इजरायल, संयुक्त राज्य अमेरिका वा बेलायतसँग जोडिएका जहाजहरूलाई लक्षित गर्ने र गरि रहेको बताएका छन् । एबिसीन्यूजले आक्रमण गरिएका धेरै जहाजहरूको द्वन्द्वसँग कुनै सम्बन्ध नभएको जनाएको छ ।
प्रतिक्रिया