एफबीआईले न्यूयोर्कका नगर प्रमुख एरिक एडम्सका दुई शीर्ष सहायकहरूको घरमा छापा मारेको छ । तर पनि कुनै आरोप दायर गरिएको छैन।
एफबीआईले गत बिहीबार न्युयोर्क शहरका नगर प्रमुख (मेयर)एरिक एडम्सका दुई नजिकका सहयोगीहरूको घरमा खोजी गरेको अनुसन्धानसँग परिचित स्रोतहरूले एबीसी न्यूजलाई बताए।
पहिलो सहायक शीना राइटको ह्यामिल्टन हाइट्सको घर जो बिद्यालयकी चान्सलर डेभिड बैंकसँग संलग्न छिन् । त्यस्तै अर्को होलिस क्वीन्स स्थित सार्वजनिक सुरक्षाका सहायक फिल बैंकको घरमा समेत छापा मारिएको छ । स्रोतहरूका अनुसार चलिरहेको अनुसन्धानको भागको रूपमा खोजी गरिएको थियो ।
अन्वेषकहरूले हामीलाई नगर प्रमुख मेयर वा उनका कर्मचारीहरू कुनै अनुसन्धानको निशाना भएको संकेत गरेका छैनन्,” नगर प्रमुखका मुख्य सल्लाहकार लिसा जोर्नबर्गले एक विज्ञप्तिमा जनाएकी छिन् ।
एफबीआईले टिप्पणी गर्न अस्वीकार गरेको समेत एबिसीन्यूजले जनाएको छ । त्यस्तै न्यूयोर्कको दक्षिणी जिल्लाका लागि अमेरिकी सरकारी वकिलको कार्यालयका प्रवक्ताले पनि टिप्पणी गर्न अस्वीकार गरेको समाचारमा उल्लेख गरेको छ ।
स्रोतका अनुसार एफबीआईले बिधुतिय( इलेक्ट्रोनिक्स) लगायतका प्रमाणहरू जफत गरेको थियो। तर कुनै आरोप दायर गरिएको छैन।
प्रतिक्रिया