तीजको दर खाने आज अंन्तिम दिन। तर नेपाली नारीहरूले एक महिना अगाडी देखि तीजको दर खान थालेको अझै त्यो कार्यक्रम सकिएको छैन् । कतिलाई त दर खाने कार्यक्रम जुधेर भ्याई नभ्याई छ ।
“ तीज” के हो र तीजको दर किन खाने भन्ने कुरा थाहा नपाउने त कमै होलान् ? हिंन्दु धर्मावलम्बीहरूले बर्षै भरी मनाउने बिभिन्न चाडहरू मध्ये तीज पनि एक चाड हो । तीज चाहीं संसारभर छरीएर रहेका (बिशेष नेपाली र नेपालीमूलका) हिंन्दु नारीहरूले तीजको दिन ब्रत लिएर भगवान शिवको पूजा गरेर मनाउने गर्छन् ।
मैले तीजको कथा “धार्मिक ग्रन्थ अनुसार पार्वतीको विवाह बिष्णु भगवानसँग गरिदिन लाग्दा उनी घरबाट भागेर गई नदी किनारमा साथीहरूसँग मिलेर पानी समेत पनि नपिई भगवान शिवको पूजा गरेर उनलाई पतिको रूपमा पाएको “ भन्ने सुनेको हुँ । हो तेसैलाई आधार मानेर नेपाली हिंन्दु धर्म मान्ने विवाहित नारीले आफ्नो श्रीमानको सुस्वास्थ र लामो आयुको कामना गरेर र अविवाहित नारीले चाहीं राम्रो श्रीमान पाउँ भनेर तीजको ब्रत बस्छन् ।
अब तीजको ब्रत लिने/ नलिने वा कसरी लिने त्यो आआफ्नो बिचार हो । तेस बारेमा मेरो केही भन्नु र लेख्नु छैन । “तीजको दर” भनेको चाहीं तीजको ब्रतको दिन केही नखाई निलाहार बस्नु पर्ने हुनाले , तीजको अघिल्लो दिन ( दिन पनि के भन्नु रातीसम्म पनि खान्छन् ) टन्न आडिलो खानेकुरा जस्तै दूधमा पकाएको चामलको ढकनी , तरकारी , फलफूल , मिठाई आदी खानु हो ।
प्रत्येक बर्ष तीजको बेला तीजको मौलिकता हरायो , तीजका गीत छाडा भए , सुन्न, हेर्न नसकिने भयो भन्नेदेखि लिएर एक महिना अगाडी देखि तीजको दर खाए , दारू पिए , मासु खाए , नाँचे, हाँसे , फजुल खर्च गरे भन्ने लाछना नारीहरूले खेप्नु पर्छ । तर जति बिरोध हुन्छ , उती नारीहरू उग्ररूपले जताततै तीजको दर खाँदैछन् ।
फलामको स्प्रिंग त सबैलाई थाहा छ । तेसलाई जोडले थिच्नु र छोड्नु त त्यो कति माथि उफ्रन्छ । हो ठ्याक्कै तेही अवस्थामा नेपाली नारीहरू पुगिसके। नेपाली पितृसत्ताको बोझले यति थिचिएका छन् त्यो फलामको स्पिंग जस्तै । अब चाहीं अति भो आफै बिद्रोह गरेर उफ्रनै पर्छ भन्नेतिर लागेका जस्तो छन् नारीहरू ।
आजकल खान लगाउन तीज नै कुर्नु पर्ने अवस्था चाहीं धेरै नेपालीको छैन् । तर नारीहरूले तीजको दर नै किन रोजे बिद्रोह गर्न भने तीज र तीजको दर त नारीहरूको लागिमात्र त थियो । जे कुरामा समाजले बढी चासो राख्छ तेतै ध्यान तानिदिनै त पर्र्यो ।
पहिलो कुरा आजकल तीजको मौलिकता हरायो भन्ने छ । एउटा प्रश्न सँधै मनमा उठिरहन्छ। सोध्नु कसलाई ? विवाह अगाडी छोरीहरूको संरक्षणको जिम्मा उसको जन्म घरको हैन् ?
उहिले हजुरआमाहरूको पालामा महिनावारी नै नभएकी सानी बच्चीलाई विवाह गरिदिन्थे किन भन्दा कन्या कुमारीको गोडा धोएर कन्यादान विवाह गरिदिंदा आफु स्वर्ग पुगिन्छ भनेर हैन त ? ती बच्चीहरूलाई आफ्नो विवाह हुँदैछ भन्नेसम्म पत्तो हुँदैनथ्यो । कति जनाको त आफुभन्दा तेब्बर बुबाको उमेरकासँग दोस्रो वा तेस्रो श्रीमतीको रूपमा विवाह हुन्थ्यो ।
अनि तेसरी विवाह गरेर गएका चेलीहरू तीजमा माईती आउने रहेछन् र तिनीहरू रूँदै तीजका भाकामा गीत गाएर विवाह घरमा पाएको दुख पोख्ने रहेछन् । तेसरी हिंसा गरिएको गीतहरू चाहीं कसरी मौलिक त ? के नारीको महत्व नै छैन त ? अनि नारीहरूले यस्तै हो नेपाली समाज भन्नु पर्ने ? अझ रिस त माईतीसँग उठ्नु पर्ने हैन र ? किन तेसरी सानैमा तेस्तो परिवारमा विवाह गरिदिएको भनेर ? उल्टै माईती आएर , घरमा दुख दिए भनेर रूँदै गीत गाएर पो तीज मनाउनु पर्ने ? त्यो हो नेपालको मौलिकता ?
अर्को कुरा हिंन्दु परम्परामा विवाह गर्दा सात फेरा लिईन्छ । विवाह पछि पत्नीको रक्षा गर्छु भनेर कसम खुवाउँछन् हैन त ? अनि तेसरी विवाह गरेर लगेको श्रीमतीलाई दुख दिने त ? आमा, दिदी बहिनीले आफ्नो श्रीमतीलाई दुख दिंदा किन मौन बस्छन् श्रीमान् ? घरमा सुख शान्ति राख्न मिलाउनु पर्दैन ? सबैले आफ्नो घरको समस्या आफुबिच नै मिलाउनु पर्ने हैन र । नकी घरको समस्या माईतीमा तीजको दर खाँदै रूंदै तीज गीत गाएर पोख्ने हो त ?
दोस्रो चाहीं तीजका गीत छाडा भए भन्ने गर्छन् । यसो खोजेको एउटा गीतमा “ श्रीमान् कतारमा छ भन्ने , तेस्तीले किन तिन महिने सुई लगाएकी त आदी “ यस्तै के के शब्द रहेछ । समाजमा जे छ गीत उस्तै गाईन ती गायीकाले हैन र ? गीत छाडा भन्दा पनि समाजमा विकृती छ भन्ने बुझें मैले चाहीं ।
उहिले हामी सानो हुँदा रेडियोमा दुई गीतहरू “ छोरी भन्दा आमा तरूनी “ र “ साईली र माईली पोईला गएछन् “ बज्थ्यो । ती गीतहरूलाई बिभिन्न कोणबाट बुझ्दा त छाडा भन्न नमिल्ला र ? ती गीतहरू त पचेकै थियो । किनकी ती गीतहरू पुरूषले गाएका थिए । र तिनीहरूले नारी , कसैकी चेली , कसैकी आमा , श्रीमती , बुहारीलाई होच्याईएका पनि त थिए ? उस्तै कुरा पुरूषले गाउँदा छाडा नहुने, पच्ने , नारीले गाउँदा नपच्ने त ?
अर्को कुरा हिंन्दु परम्परामा विवाह गर्दा सात फेरा लिईन्छ । विवाह पछि पत्नीको रक्षा गर्छु भनेर कसम खुवाउँछन् हैन त ? अनि तेसरी विवाह गरेर लगेको श्रीमतीलाई दुख दिने त ? आमा, दिदी बहिनीले आफ्नो श्रीमतीलाई दुख दिंदा किन मौन बस्छन् श्रीमान् ? घरमा सुख शान्ति राख्न मिलाउनु पर्दैन ?
अर्को चाहीं तीजको दर खाँदा नारीहरूले रक्सी , दारू , वियर आदी पिए भन्ने छ । ती सबै पिउन सिकाउने को त ? नेपाली समाज त कडा थियो, नारीलाई स्वतंन्त्रता थिएन त ? लौ स्वतंन्त्र नै थिए मान्ने हो भने पनि यस्ता पदार्थ पहिलो पटक पिउन सिकाउने बुबा, दाजुभाई, श्रीमान वा केटा साथी नै त हुन हैन र ? अब पिउने बानी लाग्यो । अनि गुनासो किन त ? आफुहरूसँग पिउँदा आधुनिक हुने , सही हुने अनि तिनै नारीहरू उनका महिला साथीहरूसँग पिउँदा गलत त ? तिनीहरू असमाजिक पो मानिने ?
रहयो एक महिनादेखि तीजको दर खाए भन्ने कुरा, नारीहरू आजकल रमाउन चाहान्छन् । उनीहरू जागीरे छन् , व्यस्त हुन्छन् । जहिले फुर्सद मिल्छ मिलाएर तीजको दर खान्छन् । उनीहरू पढेलेखेका , जान्ने सुन्ने , व्यवहारीक साथै घरको आर्थिक भार समेत धान्दै आफ्नो कर्तव्य निभाई नै रहेका छन् । उनीहरूको परिवारले बिनारोक टोक जाउ , रमाउ भनेको छ भने नेपाली समाजले तीजमा नारीहरूले यसो उसो गरे भनेर टिकाटिप्पणी, चासो राख्नु बेकार छ । Let women enjoy teej ! That’s it!
अन्त्यमा, नारीको सम्मान गर । उसको हक र अधिकार नखोस् ।
तीजको शुभकामना !
शशी के.सी !
प्रतिक्रिया