एबीसी न्यूजले ह्यारिस र ट्रम्प बीचको सेप्टेम्बर १० बहसको लागि नियमहरू जारी गरेको छ । यो बहस पेन्सेल्भेनिया राज्यको फिलाडेल्फियाको राष्ट्रिय संविधान केन्द्रमा हुनेछ।
सेप्टेम्बर १० मा उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको एबीसी न्यूजले आयोजना गर्ने राष्ट्रपतिको बहसको एक हप्ताभन्दा कम समय बाँकी रहेको छ ।
“वर्ल्ड न्यूज टुनाइट” का कार्यक्रम संचालक तथा प्रबन्ध सम्पादक डेभिड मुइर र एबीसी न्यूज लाइभ “प्राइम” का कार्यक्रम प्रस्तोता लिन्से डेभिसद्वारा संचालित हुनेछ । ह्यारिस र ट्रम्प बीचको पहिलो व्यक्तिगत बहस ९० मिनेटको हुने छ। तर यस बीचमा दुई वटा व्यवसायिक बिश्राम हुनेछ ।
बहस हुने सभाकक्षमा कुनै दर्शकहरू हुने छैनन् । बोल्ने पालो हुने उम्मेदवारको लागि मात्र माइक्रोफोन(ध्वनिवर्धक)प्रसारण हुनेछ । अर्को उम्मेद्वारको ध्वनिवर्धक म्युट अर्थात् मुक/निशब्द हुनेछ। केवल मध्यस्थहरूलाई मात्र प्रश्नहरू सोध्न अनुमति दिइनेछ।
बहसमा त्यहाँ कुनै प्रारम्भिक भनाई हुनेछैन, र समापन भनाई हरेक उम्मेद्वार दुई मिनेट दिइने छ ।
उम्मेदवारहरू बहसको अवधिको लागि भाषण मंच (पोडियम)को पछाडि उभिनेछन् । मंचमा पूर्व-लिखित टिपोटहरूलाई अनुमति दिइने छैन। प्रत्येक उम्मेदवारलाई कलम, कागज र पानीको सिसी दिइनेछ। कार्यक्रम ९ बजे प्रत्यक्ष प्रसारण हुनेछ।
प्रतिक्रिया