न्यूयोर्कका गभर्नरहरूको पूर्व सहयोगीलाई चिनियाँ सरकारको जासुस (एजेन्ट)को रूपमा काम गरेको आरोप लगाइएको छ ।
न्युयोर्कका गभर्नर क्याथी होचुल र पूर्व गभर्नर एन्ड्र्यू कुमोका पूर्व सहयोगी कर्मचारीलाई चिनियाँ सरकारको जासुसको रूपमा काम गरेको अभियोग लगाइएको छ। अमेरिकी सरकारी वकिल ब्रोन पीसले अभियोग लगाईएको गत मंगलबार घोषणा गरेका हुन् ।
लिन्डा सुन नामकी उक्त पूर्व कर्मचारीलाई गभर्नर होचुल र पूर्व गभर्नर कुमो सहयोगीका रुपमा काम गर्ने कर्मचारीका पूर्व उपप्रमुख, विदेशी जासुस दर्ता ऐन, प्रवेशाज्ञा (भिसा )धोखाधडी, विदेशी तस्करी र धनशोधन (मनी लान्ड्रिंग )षड्यन्त्रको उल्लङ्घन र षड्यन्त्र गरेको आरोप लगाइएको सिएनएनले जनाएको छ ।
अभियोजकहरूका अनुसार उनका पति र सह-प्रतिवादी, क्रिस हुलाई पनि धनशोधन (मनी लान्ड्रिंग) षड्यन्त्र र बैंक ठगी गर्ने षड्यन्त्र र पहिचानको दुरुपयोग गर्ने अभियोग लगाइएको छ ।
स्रोतका अनुसार गत जुलाईमा संघीय अन्वेषकहरूले उनीहरूको घरमा छापा मारेका थिए।
सुनले “चिनियाँ सरकारको एक अज्ञात गुप्तचरको रूपमा काम गरेको अभियोजकहरूले एक समाचार विज्ञप्तिमा जनाएका छन् । सुन र हुलाई मंगलबार बिहान उनीहरुको लङ आइल्याण्डको निवासबाट पक्राउ गरिएको हो ।
सुन र हु दुबैले मंगलबार दिउँसो संघीय अदालतमा सबै आरोपहरूमा आफुहरु दोषी नभएको बताए । सुनको धरौरी १.५ मिलियन डलर गरिएको छ भने उनको श्रीमानको ५ लाख गरिएको छ । दुबैको यात्रा न्यूयोर्क शहर, लङ आइल्याण्ड, मेन र न्यू ह्याम्पशायरमा सीमित हुने भएको छ ।
प्रतिक्रिया