रुसले युद्धको सबैभन्दा ठूलो युक्रेनी मानवरहित यान (ड्रोन )आक्रमणमा १५० भन्दा बढी खसालेको बताएको छ ।
रुसी हवाई प्रतिरक्षाले मस्कोमा दुई र वरपरको क्षेत्रमा नौ सहित १५८ युक्रेनी मानवरहित यान (ड्रोन) लाई रोकेर नष्ट गरेको जनाएको छ ।
रुसी वायु सुरक्षाले रातारात १५८ युक्रेनी मानवरहित यान ( ड्रोन)लाई रोकेर नष्ट गरेको रक्षा मन्त्रालयले आइतवार जनाएको छ।
४६ वटा मानवरहित यान (ड्रोन)हरू कुर्स्क क्षेत्रमा थिए, जहाँ युक्रेनले हालैका हप्ताहरूमा दोस्रो विश्वयुद्धपछि रूसी भूमिमा सबैभन्दा ठूलो आक्रमणमा आफ्ना सेनाहरू पठाएको छ। थप ३४ वटा लाई ब्रान्स्क क्षेत्रमा, २८ भोरोनेज क्षेत्रमा र १४ वटा बेल्गोरोड क्षेत्रमा नष्ट गरिएको थियो । जुन सबै युक्रेनको सीमाना थियो।
युक्रेनले रूसको भित्री भागमा मानव रहित यान (ड्रोन) खसालेका थिए । रुसको रक्षा मन्त्रालयले १५ वटा क्षेत्रमा मानव रहित यान(ड्रोन)लाई रोकिएको बताएको छ भने अर्का एक गभर्नरले आफ्नो क्षेत्रमा पनि मानव रहित यान खसालेको बताए ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले शहरमा खसालिएका दुई मानव रहित यानमध्ये एउटाबाट खसेको भग्नावशेषले तेल प्रशोधन केन्द्रमा आगलागी भएको बताए।
बर्षको सुरुवातदेखि युक्रेनले क्रेमलिनको आक्रमणलाई सुस्त बनाउन लक्षित गर्दै रूसी माटोमा हवाई आक्रमणहरू बढाएको छ।
पोक्रोभस्कबाट करिब २० माईल (३३ किलोमिटर) दक्षिणमा पर्ने कुराखोभ शहरमा आइतबार रुसी गोलाबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको र नौ जना घाइते भएको डोनेट्स्कका क्षेत्रीय गभर्नर भादिम फिलास्किनले बताए ।
आइतबार पनि रुसले खार्किभ क्षेत्रीय राजधानी खार्किभमा आक्रमण गर्दा ४४ जना घाइते भएको नगर प्रमुख इहोर तेरेखोभले बताए । युक्रेनको अन्यत्र क्षेत्रमा रातभर, रुसले प्रक्षेपण गरेका ११ मध्ये आठ मानव रहित यान (ड्रोन)लाई खसालिएको युक्रेनी वायुसेनाले जनाएको छ।
सुमी क्षेत्रमा रातभरिको गोलीबारीमा एक व्यक्तिको मृत्यु भएको छ र चार जना घाइते भएका छन्। त्यस्तै खार्किभका गभर्नर ओलेह सिनेहुबोभले आफ्नो क्षेत्रमा अन्य पाँच जना घाइते भएको बताएका छन्।
प्रतिक्रिया