लस एन्जलस शहरले बन्दुकधारीसँग गोली हानाहानमा प्रहरीद्वारा मारिएकी महिलाको परिवारलाई ९५ लाख डलर क्षतिपूर्ती तिर्ने

इनेप्लिज २०८१ भदौ १५ गते २१:४७ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस शहरले बन्दुकधारीसँग गोली हानाहानमा प्रहरीद्वारा मारिएकी महिलाको परिवारलाई ९५ लाख डलर क्षतिपूर्ती तिर्ने भएको छ ।

बन्दुकधारीसँग प्रहरीको गोली हानाहानमा सन् २०१८ मा भएको थियो । वकिलहरूले लस एन्जलस शहरले छ वर्ष पहिले ट्रेडर जोको स्टोर(पसल)मा बन्दुकधारीसँग गोली हानाहानमा मारिएकी महिलाका मुद्दा सुल्झाउन ९.५ मिलियन तिर्ने बताएका छन्।

२७ वर्षीया मेलिडा कोराडोका बुबा र भाइले नोभेम्बर २०१८ मा नागरिक अधिकार उल्लङ्घन र गलत मृत्युको आरोपमा मुद्दा हालेका थिए।

कोराडो २१ जुलाई, २०१८ मा सिल्भर लेक छिमेकको पसलमा सहायक प्रबन्धक थिए। जब एक बन्दुकधारी पसलमा पस्यो उनलाई प्रहरीले पछ्यायो । र भित्र भाग्दा गोली हानाहान हुँदा कोराडोलाई गोली लागेको प्रहरीले जनाएको छ।

अन्वेषकहरूका अनुसार बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानेका थिए । साथै उनकी प्रेमिकालाई अपहरण गरेका थिए। उनले पसलमा दर्जनौं मानिसहरूलाई बन्धक बनाए तर पछि आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया