कुशेऔंसी बुबाको मुख हेर्ने दिन । यही भाद्र १७ गते २०८१त्यस्तै सेप्टेम्बर २ तारिख २०२४ का दिन कुशेऔंसी हो । आमाबुवाहरू सदैव आदरणीय पुजनीय हुनु हुन्छ । बुबाआमा भेनकाजीवित देवता हुन । जसले बुबाआमाको महत्व बुझ्दछ र सदैव आदर र सम्मान गर्दछ । आफ्नो परिस्थिति अनुरूपकासुखसुविधाहरूमा बुबाआमालाई राख्दछ । उसँग भगवान पनिखुशी हुन्छन् । उसको जीवन सुखमय हुन्छ । आनन्दमय हुन्छ ।मानिसहरू तीर्थव्रत पूजाआजा गरेर शान्ति प्राप्त गर्न प्रयास गर्दछन्। तर आफूसँग भएका जीवित देवताहरूको पहिचान गर्न सक्दैनन् रभौँतारिदै हुन्छन् । कस्तूरीले आफ्नो नाभिमा भएको वासनाको खोजी गर्न भौँतारिएको झैँ गरेर ।
भाद्र कृष्ण औँसी जसलाई कुशे औँसी पनि भनिन्छ । सनातन हिन्दु धर्मावलम्बीहरूले भाद्र महिनामा पर्ने आमावश्या औँसीको दिन मनाइने बुबाहरूको मुख हेर्ने दिन हो । बुबाहरूको सम्मान गर्ने विशेष पर्वको रूपमा यस दिनलाई लिइन्छ । कुशलाई हिन्दू धर्मावलम्वीहरूले पवित्र बस्तुको रूपमा ग्रहण गरेछन् । यो एक प्रकारको घाँस हो ।कुशेऔँसीका दिन ब्राम्हणहरूले शास्त्रोक्त विधिअनुसार मन्त्रोच्चारण गरी यसलाई छेदन गरी जजमानहरूका घरघरमा पुर्याउँछन् । कुशलाई घरमा राख्दा मात्र पनि घर पवित्र हुन्छ भन्ने विश्वास गरिन्छ । देवीदेवताहरू र पितृहरू प्रसन्न भएर आशीर्वाद दिन्छन् ।
घरमा भूतप्रेतको छाया पर्ने छैन । घरमा सुख र शान्ति कायम हुने छ भन्ने जनविश्वास छ । हरेक धार्मिक कार्यहरू, र पितृ तर्पण,
श्राद्ध, तीर्थव्रत आदि गर्दा कुशबाट बनाएको विशेष प्रकारको औँठी लगाएर पूजाआजा गर्ने प्रचलन छ । यो पवित्र औँठी धारण नगरीगरेका पुण्यकार्यमा फलप्राप्ति हुँदैन भन्ने विश्वास छ । कुशे औँसी कहिले देखि मनाउँन थालियो र किन थालियो भन्ने ठ्याक्कै तिथिमिति भने पाइदैन । कुशे औँसीको बारेमा पाएको किम्वदन्ती भने यस्तो छ । परापूर्वकालमा वृषकर्ण नाम गरेका मानिस थिए । उनका छोराको नाम गोकर्ण थियो । यी दुईबाबुछोराको मेलमिलाप थिएन । प्रायशः झगडा भैरहन्थ्यो । बाबुसँग दिक्क भएर एक दिन छोरा गोकर्ण यमपुरी तर्फ लाग्यो ।
केही समय पछि बाबु वृषकर्णको मृत्यु भयो । बाबुको मृत्यु संस्कार काजकिरिया पिण्डदान गर्ने कोही पनि भएन । त्यसैले वृषकर्ण प्रेतबनेर यमपुरीमै घुम्न थाले । एक दिन छोरा गोकर्णले प्रेतबनेका बाबुलाई भेट्टायो । प्रेतलाई नचिनेर गोकर्ण त्रसित बन्यो । तर केहीसमय पछि उसले बुबालाई चिन्यो । गोकर्णले बुबाका नाममा तर्पण र पिण्ड दान गरेर श्राद्ध गर्यो । गोकर्णले श्राद्ध गरेको दिन कुशेऔँसी थियो । त्यसैबेला देखि यस भाद्रकृष्ण औँसीलाई कुशेऔँसी अथवा बुबाको मुख हेर्ने दिनका रूपमा मनाउन थालियो ।काठमाण्डौको पूर्व करिव दस किलोमिटर टाढा बागमती नदीको किनारामा गोकर्णेश्वर महादेवको मन्दिर छ । यो मन्दिरकोकिनारामा बागमती नदीमा स्नान गर्ने दान र श्राद्ध गर्ने भक्तजनहरुको घुँइचो हुन्छ । गोकर्णेश्वर महादेवको स्थापना बारेमापनि रोचक कथा छ । सत्य युगमा एक पटक महादेव हराएछन् ।
सबै देवताहरु महादेवको खोजीमा जुटे । ब्रम्हा बिष्णु र इन्द्र पनि महादेवलाई खोज्दै मर्त्यलोकमा आएछन् । खोज्दै जाँदा महादेव तश्लेष्मान्तकवनमा मृगका बथानमा घुमीरहेका रहेछन् । घेराहालेर मृगको सिँगमा समातेछन् । तर सिँग समाते पछी महादेवअन्तर्ध्यान भएर हराएछन् । उनीहरुका हातमा सिँगमात्र आएछ । त्यसै बेला आकाशवाणी भएछ ।“ सिँगहरूलाई तीनै लोकमास्थापना गरेमा लोककल्याण हुनेछ” भन्ने । त्यस पछि बिष्णुले पातालमा इन्द्रले श्वर्गमा र ब्रम्हाले मर्त्यलोक अथवा पृथ्वीमा स्थापना गरे । ब्रम्हाजीले गोकर्णेश्वरमा स्थापना गरेको हुनाले यसलाई गोकर्णेश्वर महादेव भन्न थालिएको हो । कुशे औँसीका दिन आफ्ना जन्मदाता पितालाई मिठा मिष्ठान्नभोजन गराउने । नयाँ बस्त्र पहिर्याएर पुजा गर्ने र आशीर्वाद लिने चलन चलेको छ । बुबा नहुनेहरुले गोकर्ण र विष्णुपादुकामा गएरपुजाआजा गर्ने । पितृको सम्मान र सम्झनामा श्राद्ध गर्ने । ब्राम्हणहरुलाई भोजन गराउने क्रम शरु भएको मानिन्छ ।
गोकर्णलाई उत्तर गया पनि भनिन्छ । पितृलाई श्वर्ग जानका लागि भारतको प्रशिद्ध नदी गँगा किनारा गयामा गएर श्राद्ध गर्ने
प्रचलन पनि छ । गोकर्णलाई गया समान मानिन्छ । जन्मदाता पिता सदैव पूज्यनिय र सम्मानित हुनुहुन्छ । सन्तानका सुखका
खातिर रगत र पशिना बगाउँछन् । आफ्नो भोक र रहरलाई गाँठोपारेर सन्तानका लागि आफुलाई समर्पित गर्छन् । बारुद र
गोलीलाई छाती थापेर युद्धभूमिमा होमिन्छन् । तातोकराई जस्तो बालुवाको देशको मरुभूमिमा गएर काम गर्छन् । भाषा मिल्दैन
सस्कृति मिल्दैन भनेको कुरा बुझिदैन त्यस्तो ठाउँमा गएर ज्यानजोखिममा राखेर काम गर्छन् । यो सबै सन्तानकै लागि त होनी । आफ्ना छोराछोरीले पढुन, शिक्षित बनुन् र सरल जीवन बिताउनभन्ने एकमात्र सपना बोकेका बुबाहरूलाई कुशे औँसी २०८१को हार्दिक मँगलमय शुभकामना । आमाहरूले सन्तानलाई नौ महिना सम्म पेटमा राखेर जन्म दिन्छन् । हुर्काउन पहल गर्दछन् । तर बुबाहरूले आफ्ना सन्तानलाई जीवनभर नै रेखदेख गर्दछन् । आफुलाई जलाएरसन्तानलाई उज्यालो दिन्छन् । हाम्रा जीवित आमाबुबाहरूलाई सम्मान गरौँ । उहाँहरुलाई सदैव सेवा गरौँ । मृत्यु पश्चातको दानमात्र समाजलाई देखाउने दाँतमात्र हो । जीवित देवताको आदर र सम्मान गरौँ ।
गोकर्णलाई गया समान मानिन्छ । जन्मदाता पिता सदैव पूज्यनिय र सम्मानित हुनुहुन्छ । सन्तानका सुखकाखातिर रगत र पशिना बगाउँछन् । आफ्नो भोक र रहरलाई गाँठोपारेर सन्तानका लागि आफुलाई समर्पित गर्छन् । बारुद रगोलीलाई छाती थापेर युद्धभूमिमा होमिन्छन् । तातोकराई जस्तो बालुवाको देशको मरुभूमिमा गएर काम गर्छन् । भाषा मिल्दैनसस्कृति मिल्दैन भनेको कुरा बुझिदैन त्यस्तो ठाउँमा गएर ज्यानजोखिममा राखेर काम गर्छन् । यो सबै सन्तानकै लागि त होनी ।
सुरेन उप्रेतीको शब्द रचना, सुनिल मास्केको सङ्गीत, र प्रमोद खरेलको स्वरमा “बाबा मेरो बाबा” भन्ने गीत बजारमा
आएको छ । यो गीतको एरेन्जर प्रदिप श्रेष्ठ मिक्स मास्टर किशोर थापा । म्युजिक भिडियोमा राजु खरेल, समिर सुवेदी, नगेन्द्र
नेपाल, बाल कलाकार, अर्जन खरेल, सार्थक ओझा, छायाङ्कन अडिटर तथा कलरिष्ट सुवास लिम्बू , निर्देशक नगेन्द्र नेपाल रहनु
भएको छ । अगष्ट नौ तारिकमा सुरेन उप्रेतीको आफ्नै यूट्यूव च्यानल मार्फत प्रकाशित गीतमा दुई हप्तामै एक लाख बाउन्न हजारभन्दा मानिसहरूले हेरिसकेका छन् । बुबाहरूको मुख हेर्ने दिनमायो गीत हरेक बाबाहरूलाई पुर्याउनु पर्दछ । हरेक सन्तानलेआफ्ना बाबाहरूलाई सुनाउनै पर्ने सुन्दर गीत बजारमा आएको छ।
https://youtu.be/ma7-FOc6z0g?si=nlOipTcfd_SCWN7y
सन्दर्भ सामाग्री: नेपालका प्रमुअ धार्मिक स्थलहरू मधुसूदनपाण्डेय श्रीमती किरण पन्थी पाण्डेय र विकिपिडिया
प्रतिक्रिया