उरुग्वेका राष्ट्रिय भकुण्डो खेलाडी खेलको क्रममा लडेर ५ दिनपछि मृत्यु

इनेप्लिज २०८१ भदौ १२ गते ११:३२ मा प्रकाशित

उरुग्वेका राष्ट्रिय भकुण्डो (फुटबल) खेलाडी जुआन इज्क्विएर्डोको ब्राजिलमा साओ पाउलोमा खेलको क्रममा लडेर ५ दिनपछि मृत्यु भएको छ ।

मङ्गलबार ब्राजिलको एक अस्पतालमा निधन भएको छ । उनि २७ बर्षका थिए ।

साओ पाउलोको अस्पताल अल्बर्ट आइन्स्टाइनले एक विज्ञप्तिमा राष्ट्रिय रक्षा पंक्तिका खेलाडीको राती ९:३८ मा मा मृत्यु भएको जनाएको छ । गत बिहीबार साओ पाउलोको मोरुम्बी रंगशालामा कोपा लिबर्टाडोरेस भकुण्डो खेलमा इज्क्विएर्डोलाई अस्पताल लगिएको थियो।

उरुग्वे, ब्राजिल र अर्जेन्टिना लगायतका अन्य संघहरूले पनि शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया