ममता काफ्ले भट्टको छोरीको हेरचाहको लागि खोलिएको गोफन्ड खातामा १ लाख डलर भन्दा ज्यादा सङ्कलन ,लक्ष्य पूरा

इनेप्लिज २०८१ भदौ ७ गते २३:०१ मा प्रकाशित

ममता काफ्ले भट्टको १ बर्षिय छोरीको लागि समुदायले संचालनमा ल्याएको गो फन्डमी खातामा १ लाख डलर भन्दा ज्यादा सङ्कलन भएको छ। सरिता न्यौपानेको नाममा खोलिएको खातामा अगस्त २३ शुक्रबार ७ बजे अगाडी सम्म १ लाख डलर भन्दा ज्यादा सङ्कलन भएको छ।

सबै संकलित रकम उनको छोरीको हेरचाह गर्न र छोरीलाई सहयोग गर्ने उद्धेश्यले खोलिएको गो फन्ड रकम ट्रस्ट खातामा राखिने बताईएको छ ।

उक्त गो फन्डमा हामी ममताको लागि न्यायको खोज्न र ट्रस्ट खाताको कोष मार्फत आमाको रूपमा सम्मान गर्न चाहन्छौं भनि लेखिएको छ ।

७ बजे साँझ अमेरिकी पूर्वीय समय अनुसार १ लाख १ हजार ८ सय १२ डलर सङ्कलन भएको छ ।

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट गत अगस्त १ देखि हराई रहेकी नेपाली मूलकी नर्स (स्वास्थ्य परिचारिका ) ममता काफ्ले भट्टका पति नरेश भट्टलाई प्रहरीले गिरफ्तार गरि उनको शवलाई लुकाएको र हत्या गरेको अभियोग लगाईएको छ ।

उनलाई अगस्त २३ शुक्रबारका दिन बिहान भर्जिनियाको प्रिन्स विलियम काउन्टीको अदालतमा हाजिर गराईएको थियो । उनलाई अहिले कारागारमा राखिएको छ । अक्टोबर २४, २०२४ मा बिहान ९ बजे न्यायिक सुनुवाइको लागि नरेश अदालतमा पेश हुनेछन् ।

सहयोग गर्न यहाँ थिच्नु होला : https://www.gofundme.com/f/justice-for-mamta-help-her-daughter-thrive

प्रतिक्रिया