अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट गत अगस्त १ देखि हराई रहेकी नेपाली मूलकी नर्स (स्वास्थ्य परिचारिका ) ममता काफ्ले भट्ट आज अगस्त १७ शनिबार साँझ सम्म १७ औ दिन सम्म पनि फेला परेकी छैनन् । प्रहरीले अझै पनि खोजी जारी रहेको र पत्ता लगाउन सकेको छैन।
आज नेपाली समुदायको पहलमा जनचेतना जगाउन शान्तिपूर्ण सामुदायिक जुलूस प्रदर्शनको आयोजना गरियो । र ,सो शान्तिपूर्ण सामुदायिक जुलूस प्रदर्शन भोली पनि रहने जनाईएको छ । आज सम्पन्न शान्तिपूर्ण सामुदायिक जुलूस प्रदर्शनमा बिगत झैँ प्रहरीहरुसँग जनताले जवाफ मागेका छन् ।
उनि हराए देखिका गतिबिधिका बारेमा के कस्ता प्रहरीले खोज अनुसन्धान गरेको छ भन्दै प्रश्न गरेका छन् । प्रचार सामग्रीमा अनुसन्धानमा नेतृत्व गर्ने प्रमुखलाई अगस्त २ मा ममताले उबर बोलाएको थिइन् या थिइनन् ? उनले अन्तिम पटक कसलाई कुरा गरिन ? उनका बैंकको खाताको गतिबिधि या उधारो र नगद पत्र (क्रेडिट कार्ड )हरुको खै प्रतिवेदन ? अगस्त ८ सम्म सूचना दिन किन ढिलो गरेको ? ममता घर आउ ,हामी तिमीलाई माया गर्छौ ,ममतालाई ल्याउन र खोज्न हामीसँग संलग्न हुनु ,ममतालाई खोज्न हामीलाई मद्धत गर्नु ,हामी ममतालाई गाह्र ल्याउन चाहन्छौ ,ममतालाई पत्ता लगाऔ ,हामी सबै तिमी (ममता)लाई माया गर्छौ ,हामी तिमीलाई प्राप्त गर्न संघर्ष गर्छौ जस्ता नारा बोकेका सामग्री सहित सम्पूर्ण समुदाय भर्जिनिया राज्यको मनासस शहरमा भेला भएका थिए ।
नेपाली समुदायले ममताका परिवारका सदस्यलाई अमेरिका झिकाउने प्रयास जारी राखेका छन् । आज अगस्त १७ शनिबारका नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक )परिसरमा सबै समुदायका व्यक्तिहरु ,बिदेशी तथा नेपाली संचार माध्यमहरु ,ममताका साथीहरु ,स्वास्थ्यकर्मी ,शुभ चिन्तक ,बिभिन्न संघ/संस्थाका प्रतिनिधि,स्थानीय नेतृत्ववर्ग ,समाज सेवी ,लगायतको बिशेष उपस्थिति रहेको थियो । थुप्रै जनाले ममताको बारेमा बोलेका थिए ।
ममता काफ्ले गत अगस्त १ देखि हराई रहेकी छिन्। लेट्स स्पिक अप फर ममता काफ्ले भट्ट(lets Speak Up For Mamta Kafle Bhatta )भन्ने सामाजिक संजाल समूह निर्माण गरिएको छ । ममता बेपत्ता भए देखि यसै समूह मार्फत सबैले जानकारीहरु निरन्तर रुपमा अध्यावधिक गराई रहेका छन् ।
प्रतिक्रिया