ब्राम्प्टन (क्यानडा), बहु सास्कृतिक मेला “काराब्राम २०२४”मा नेपाल मण्डपले २ वटा बिधामा पुरस्कार जितेको छ। गत जुलाइ १२, १३, १४ गरि ३ दिन सम्म ब्राम्प्टन नगरिमा संचालन भएको उक्त कार्यक्रममा नेपाल मण्डपले “बाताबरण तथा शृंगार” बिधामा प्रथम स्थान र “सस्कृति प्रदर्शन” बिधामा दोश्रो स्थान प्राप्त गर्न सफल भएको हो। गत ४२ बर्ष देखि संचालन हुन्दै आएको अन्तरराष्ट्रिय स्तरको सो मेलामा यस बर्ष नेपाल लगायत अफ्रिका, क्यानडा,क्यारिबियन मुलुक, चीन, इलम समुह, हवाइ पोलिनेसियन,भारत,आयरल्याण्ड, पोर्चुगल,ईटाली,जापान,मेक्सिको,फिलिपिन्स तथा अन्य समूहको सहभागिता थियो भने नेपाल मण्डपको ब्यबस्थापन नेपलिज कम्युनिटी नेटवर्क अफ क्यानडा, क्यानेडियन नेवाः गुथि तथा नेपलिज जनजाति एसोसियसन क्यानडाले संयुक्त रुपमा संचालन गरेको थियो। तीन दिनको सो मेलामा नेपालका बिभिन्न समूदायका सस्कृति झल्किने नृत्य, भेषभुषा, परम्परा, बाजागाजा, झाँकि एबम खाद्य परिकारको प्रदर्शन गरिएको थियो।
पुरस्कार बितरण समारोहमा बोल्नु हुन्दै संघिय सांसद माननिय सोनिया सिधुले क्यानडाले” बिबिधतालाई शक्ति”को रुपमा मान्दै आएको बताउनु हुन्दै ब्राम्प्टन नगरीमा गरिएको यो मेलाले यो नगरलाई बहुसास्कृतिक नगरीको रुपमा चिनाउन सफल भएको बताउनु भयो। पुरस्कार ग्रहण पछि नेपाल बारे बोल्नु हुन्दै क्यानेडियन नेवाः गुथिका अध्यक्ष उत्तम माकःजुले नेपाल संस्कृति र प्रकृतिमा अति धनि मुलुक भएको बताउनु हुन्दै सोहि अन्तर्गत बिभिन्न संघ संस्ठा, समुहको सहयोगमा नेपालका बिभिन्न समूदायको नृत्य, संगीत, गीत, भेषभुषा लगायतको प्रदर्शन गरिएको बताउनु भयो। साथै उहाँले यो कार्यक्रमले क्यानडाको बिबिधता चित्रपटको उँचाई थप्न सहयोग हुने बिस्वास गर्नु भयो।
कार्यक्रममा बोल्नु हुन्दै काराब्राम मेला आयोजक समितिका अध्यक्ष एन्जला जोन्सनले बिबिध आरोह अबरोहको बाबजुद यो कार्यक्रम सफलतापुर्बक संचालन गर्न सफल भएको बताउनु हुन्दै यसको लागि सहभागि मुलुक तथा समूह प्रति आभार ब्यक्त गर्नु भयो। सो कार्यक्रममा समितिका सचिब पाउला फान्नी, निर्णायक मण्डलका काथलिन डगलस लगायतका महानुभाबहरुले आआफ्नो मन्तब्य दिनु भएको थियो । उक्त कार्यक्रम पछि सहभागि मुलुकहरुको सम्मानमा रात्रि भोजको आयोजना गरिएको थियो।
प्रतिक्रिया