बिश्वकै तेज धावक अमेरिकी नोआ लायल्स कोभिड संक्रमित हुँदा पनि जीते कास्य पदक ,उनि १०० मिटरका स्वर्ण पदक बिजेता हुन्

इनेप्लिज २०८१ साउन २५ गते ०:१७ मा प्रकाशित

पेरिस ओलम्पिकमा बिश्वकै तेज धावक अमेरिकी नोआ लायल्स कोभिड संक्रमित हुँदा पनि कास्य पदक जितेका छन् । उनि १०० मिटरका स्वर्ण पदक बिजेता हुन् । बिगत बर्षमा पनि १०० र २०० र ४०० रिलेमा पनि उनि जित्ने खेलाडी हुन् । यस पटक उनले १०० ,२०० र ४०० रिलेमा जित्ने र ३ वटा स्वर्ण पदक ल्याउने अमेरिकाले अपेक्षा गरेको थियो ।

तर दुर्भाग्यवस खेल खेल्नु अगाडी कोभिड-१९ बाट संक्रमित हुन् पुगे तर उनले कुद्न त्यागेनन । उनि बिश्वकै तेश्रो तेज धावकमा नाम लेखाउन सफल भएका छन। ४०० रिले शुक्रबार हुदैछ ।

एनबिसीन्यूजका अनुसार बिश्व प्रख्यात नायल्स दोहोरो प्रतिस्पर्धामा स्वर्ण पदक हात पार्न सकेनन । दमका समेत रोगी रहेका लायल्सलाई गत मंगलबार कोभिड सक्रमित हुँदा पनि दौडमा भाग लिए ।

लायल्सले पेरिस ओलम्पिकमा पुरुषको २०० मिटरमा कांस्य जित्नुभन्दा केही दिनअघि आफूलाई कोभिड -१९ भएको पत्ता लागेको बताए। दौडमा तेस्रो स्थान हासिल गरेको केही क्षण पछि उनले छोटो अन्तर्वार्ता दिए ।

अमेरिकाको भर्जिनिया राज्यको अलेक्जान्ड्रियाका तेज धावकले बिहीबार १९.७० को समय संग २०० मिटर दौडिए, त्यसपछि भुइँमा पल्टिए । चिकित्सकहरूले पानी ल्याएपछि उनी बसिरहे।

कांस्य पदक प्राप्त गर्न सक्षम भएकोमा म आफैंमा धेरै गर्व गर्दछु ,लायल्सले भने । गत ओलम्पिकमा म धेरै निराश थिएँ र यस पटक म बढी गर्व गर्दछु ।

“म खराब अवस्थामा पनि दौडिएको छु,” उनले भने । उक्त दौडमा बोत्वासानाका लेटसिल टेबोगो स्वर्ण जित्ने पहिलो अफ्रिकी धावक बने। टोली अमेरिकाका केनी बेडनारेकले रजत र लायल्स तेस्रो भए । १०० मिटर दौडमा स्वर्ण पदक जितेको केही दिन पछि बिरामी महसुस गर्न थालेको अन्तर्वार्तामा उनले बताए ।

प्रतिक्रिया