जर्मनीको एक अतिथिगृह (होटल) आंशिक रूपमा भत्किँदा १ जनाको मृत्यु भएको छ भनेफसेका ८ जनाको उद्धार जारी रहेको प्रहरीले बताएको छ ।
भत्किएको समयमा १४ जना भित्र रहेको प्रहरीले अनुमान गरेको छ ।
पश्चिमी जर्मनीको मोसेल नदीको किनारमा रहेको एउटा अतिथिगृह (होटल )बुधबार आंशिक रूपमा भत्किँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना फसेका प्रहरीले जनाएको छ ।
प्रहरीले मङ्गलबार साँझ क्रोएभको वाइनमेकिङ शहरमा रहेको होटलमा १४ जना मानिस रहेको विश्वास गरेको बताएको छ । पाँच जना सकुशल बाहिर हामफाले छन् भने अन्य नौ जना भग्नावशेषमुनि गाडिएको प्रहरीले जनाएको छ ।
बुधबार बिहानसम्म एक जनाको मृत्यु भएको पुष्टी भएपनि शव फेला पर्न सकेको छैन । प्रहरीका अनुसार केही गम्भीर घाइते भएका अन्य आठ जना अझै फसेको अनुमान गरिएको छ ।
खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया