कुमाराज सुबेदी,अस्ट्रेलिया
म एउटा यस्तो तस्वीर कोर्छु
जहॅा शितल हिमाल हुन्छन्,
नदीहरूमा प्रितीका गीतहरू सुसेली हाल्नेछन्
र
पहाडहरू आशाको गुरॅास फूलाउॅदछन् ।
यहॅा हुने छैन कुनै असामयिक मृत्युको आभाष,
न त हुनेछ कुनै हत्या हिॅसा र बलात्कारको बिम्ब,
हुने छ त केवल खुशी र मुस्कानका लहरहरू।
कसैले फुस्रा आश्वासनका प्रवचन सुनिरहेका हुने छैनन्,
न त धोखा र अविश्वासका खेल खेलिने छन्,
झेल विनाका खेल मात्र खेलिएका हुन्छन्,
जित्ने र हार्ने दुवैले खुशियाली मनाउनेछन्।
भाषा सबैको साझा हुनेछ,
भेष बदन ढाक्नका लागि हुनेछ,
शिक्षाले क्षमता र शिप बिकाश गर्ने छ,
कर्मको फलले तृप्त पार्ने छ।
कुनै धन युद्ध हुने छैन,
प्रेमिल जनमा युद्धको निशाना रहने छैन,
देशका लागि मर्ने सहिद हुनेछन्,
बॅाच्नेहरू सौम्य नागरिक मात्र हुनेछन् कार्यकर्ता होईनन्।
लेखिएको पढिने छ,
पढिएको बुझिने छ, बाझिने छैन,
बाझिएमा न्यायको विवेकले प्रस्ट्याईने छ।
तस्वीर बन्दै छ,
थोरै रातो रॅग चाहिएको छ,
पृष्ठभूमीमा आवाजको खॅाचो छ,
बल गरौ , थोरै रगत बगाऔ।
प्रतिक्रिया