अमेरिकी वाल स्ट्रीट जर्नलका पत्रकार इभान गेर्शकोविचलाई रुसी अदालतले १६ वर्षको कारागार सजाय सुनाएको छ ।
वाल स्ट्रीट जर्नलका सम्वाददाता इभान गेर्शकोविचलाई शुक्रबार जासुसीको आरोपमा दोषी ठहराइएको छ ।
स्वेर्डलोभस्क क्षेत्रीय अदालतका न्यायाधीशले गेर्शकोविचलाई फैसला बुझ्यौ भनि सोधे र उनले बुझे भने ।
३२ वर्षीय गेर्शकोविचलाई मार्च २०२३ मा युराल माउन्टेन्स शहर येकातेरिनबर्गको समाचार सॅकलनको यात्राको क्रममा हिरासतमा लिइएको थियो ।
अमेरिकाको लागि जासुसी गरेको आरोपमा त्यसबेलादेखि उनी हिरासतमा छन्।
सन् १९८६ मा शीतयुद्धको क्रममा निकोलस ड्यानिलोफपछि जासुसीको आरोपमा हिरासतमा लिइएका उनी पहिलो अमेरिकी पत्रकार हुन्।
गेर्शकोविचको गिरफ्तारीले रुसमा विदेशी पत्रकारहरूलाई स्तब्ध बनाएको छ।
यद्यपि रुसले युक्रेनमा पूर्ण-व्यापी आक्रमण सुरु गरेदेखि अभिव्यक्ति स्वतन्त्रतामा बढ्दो दमनकारी कानूनहरू लागू गरेको छ।
अदालतको प्रेस सेवाका अनुसार गेर्शकोविचले कुनै अपराध स्वीकार गरेनन्, जहाँ बन्द ढोका पछाडि समापन तर्कहरूको सुनुवाई गरिएको सिविएसन्यूजले समाचार लेखेको छ ।
एक संयुक्त वक्तव्यमा डाउ जोन्सका प्रमुख र वाल स्ट्रीट जर्नलका प्रकाशक अल्मार लाटोर र वाल स्ट्रिट जर्नलका मुख्य सम्पादक एम्मा टकरले शुक्रबार विज्ञप्ति जारी गर्दै इभानले आफ्नो परिवारबाट ४७८ दिन टाढा दिन कारागारमा गलत तरिकाले हिरासतमा बिताएको र यो लज्जास्पद फैसला भनेका छन्।
उनीहरूले “इभानको रिहाइको लागि दबाब दिन र उनको परिवारलाई सहयोग गर्न सक्दो प्रयास गरिरहनेछन्,” विज्ञप्तीमा भनिएको छ ।
“पत्रकारिता अपराध होइन, र उनी रिहा नभएसम्म हामी आराम गर्ने छैनौं। यो अब अन्त्य हुनुपर्छ।”
गेर्शकोविच बन्द कारवाही( सुनुवाई)को लागि शुक्रबार दोस्रो दिन अदालतमा उपस्थित भएका थिए ।
प्रतिक्रिया