अमेरिकाको भर्जिनिया राज्यअन्तर्गत मनासस सहरमा रहेको सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाजले गत आइतवार विविध सृजनात्मक कार्यक्रमहरूसहित पिकनिक कार्यक्रम सम्पन्न गरेको छ । भर्जिनिया राज्यको मार्सलमा रहेको पिकनिक स्थलमा अमेरिका नेपाल सहयोगी समाजका कार्यसमिति सदस्य, आजीवन सदस्य तथा अमेरिका नेपाल शिक्षा सदनका शिक्षक, विद्यार्थी, अभिभावक, चन्दादाताहरू एवम् शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रम पारिवरिक सहसम्बन्ध स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको संस्थाका बीओटी सभापति केदार तिम्सिनाले जानकारी दिनुभयो । पिकनिकमा अमेरिका नेपाल शिक्षा सदनका बालबालिकाहरूका लागि सृजनात्मक खेल खेलाइएको थियो । उमेरसमूहअनुसार खेलाइएका खेलहरूमध्ये चार वर्षदेखि छ वर्षको समूहका विद्यार्थीलाई भित्रबाहिर खेल खेलाइएको थियो । जसमा जज्ल्यान आचार्य, एनिका गौतम, आयुश्री पाठक क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।
उमेरसमूह सातदेखि नौका विद्यार्थीहरूलाई बेलुन फुक्ने खेल खेलाइएको थियो । जसमा प्रशंसा अधिकारी, सृजी दुलाल र इभा भण्डारी क्रमशः प्रथम द्वितीय र तृतीय भएका थिए ।
उमेरसमूह दशदेखि बाह्रका विद्यार्थीहरूलाई गणितदौड खेलाइएको थियो । जसमा गौरव गौतम, विज्ञान कँडेल र अनुस्का पौडेल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।
उमेरसमूह तेह्रदेखि सोह्रका विद्यार्थीहरूका लागि स्मरणशक्ति खेल खेलाइएको थियो । जसमा सबल पौडेल, स्वरिचिस दुलाल, अर्नव गौतम र सुनोभा पौड्याल क्रमश: प्रथम, द्वितीय, तृतीय र चौथो स्थानमा आएका थिए । अमेरिका नेपाल शिक्षा सदनका संयोजक भुपाल पौड्यालले संचालन गर्नुभएको खेल प्रतियोगितामा विजेता विद्यार्थीहरूका लागि पुरस्कारको व्यवस्था गरिएको थियो ।
पिकनिकलाई व्यवस्थित गर्न संस्थाका सदस्य काशी खड्काको संयोजकत्वमा समिति गठन गरिएको थियो । पिकनिकले अमेरिका नेपाल सहयोगी समाजका सदस्यहरू, आजीवन सदस्यहरू, शुभचिन्तक, अमेरिका नेपाल शिक्षा सदनका शिक्षक, विद्यार्थी एवम् अभिभावकहरूको भावनात्मक सम्बन्ध अझ निकट बन्ने अपेक्षा गरिएको संस्थाका अध्यक्ष जानु ओझाले जानकारी दिनुभयो । ठुलो उपस्थितिलाई खाना तथा जलपानको व्यवस्था गर्न र विद्यार्थीहरूका लागि सृजनात्मक कार्यक्रमहरू सञ्चालन गर्न सहज होस् भनी उपसमितिहरूको निर्माण गरिएको पिकनिकका संयोजक काशी खड्काले बताउनु भयो ।
चर्को गर्मी भए पनि पकाउने काममा मौसम श्रेष्ठ, राम खत्री , मुकेस केसीलगायतले पकाउने काममा सहयोग गर्नु भएको थियो भने पिकनिकमा उपस्थित सबै महानुभावहरू खाना, नाचगान र सृजनात्मक कार्यमा व्यस्त र मस्त रहेका थिए । साथै पिकनिकमा उपस्थित सम्पूर्ण महानुभावहरू र विभिन्न कार्यमा सहयोग गर्ने महानुभावहरूलाई धन्यवाद दिँदै आगामी तीजको अवसरमा भव्य कार्यक्रमको आयोजना गर्न लागिएको कुरा संस्थाका अध्यक्ष जानु ओझाले जानकारी दिनुभएको थियो ।
-जगन्नाथ पौडेल
प्रतिक्रिया