ओखलढुङ्गामा घर टहरा पुरिँदा दुईजना घाइते

बेद प्रसाद घिमिरे २०८१ असार २२ गते १५:०३ मा प्रकाशित

ओखलढुंगामा अविरलबर्शाका कारण पहिरोले दुईवटा टहरासहित आमा छोरी पुरियका छन भने आमा छोरिलालाई उद्दार गरियको छ । भोजपुर घर भई सिद्धिचरण नगरपालिकामा होटल गर्दै आएकी इन्दिरा खत्री र निजकी छोरी १३ वर्षीया लक्ष्मी विष्टलाई टहरासँगै पहिरोले पुरेको थियो।

प्रहरी र स्थानीयको सहायतामा उनीहरूको उद्धार गरेर उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको छ। घाइतेमध्ये १३ वर्षीया विष्टको दुवै खट्टामा गम्भीर चोट लागेको छ। घाइतेको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। थप उद्धार तथा सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।

टहरामाथिको सडकको नाली पुरिएर जम्मा भएको पानी चर्किएको सडकको डिलबाट खसेपछि पाखो र रुखसँगै पहिरो बगेको थियो। शुक्रबार रातिदेखि निरन्तर परेको अविरल वर्षाका कारण जिल्लाभरका सडक अवरुद्ध भएका छन् भने जताततै पहिरो जान थालेको छ।मानेभञ्ज्याङको वर्षा मापन केन्द्रमा रेकर्ड भएको विवरण अनुसार पछिल्लो २४ घन्टामा ८९.६ मिलीमिटर वर्षा भएको जल तथा मौसम विज्ञान फिल्ड ओखलढुङ्गाका प्रमुख अनिल पराजुलीले जानकारी दिनुभयो ।

प्रमुख पराजुलीका अनुसार मानेभञ्ज्याङमा पछिल्लो एक घण्टामा २.६ मिलीमिटर वर्षा भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ओखलढुङ्गागा सदरमुकाम क्षेत्रमा ६७.२ मिलीमिटर वर्षा भएको केन्द्र प्रमुख पराजुलीले बताउनुभयो । पराजुलीका अनुसार एक देखि १० मिलीमिटरसम्मको वर्षालाई हल्का वर्षा, १० देखि ५० मि.मिसम्मको वर्षालाई मध्यम, ५० देखि १०० मि.मिसम्मको वर्षालाई भारी वर्षा भन्ने गरिन्छ ।

जिल्लामा मापन भएको पछिल्लो २४ घण्टाको विवरण अनुसार भारी वर्षा भएको हो । लगातारको वर्षातले बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै केन्द्रले जिल्लाका नागरिकमा सतर्क रहन समेत आग्रह गरेको छ । पछिल्लो २४ घण्टामा बाढी पहिरोका कुनै घटना नभए पनि सतर्क रहन जिल्ला विपद् व्यवस्थापन समिति ओखलढुङ्गाले अनुरोध गरेको छ ।

प्रतिक्रिया